गोदावरी । गोदावरी उद्योग वाणिज्य संघको अध्यक्षमा जगन्नाथ महर्जन निर्वाचित भएका छन् । शनिबार सम्पन्न प्रारम्भिक साधारणसभाबाट महर्जनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।
संघको उपाध्यक्षमा उद्योगतर्फ पिताम्बर सन्जेल, वाणिज्यतर्फ प्रभाकर श्रेष्ठ, कर्पोरेटतर्फ राजेन महर्जन, महासचिवमा जयराम केसी र कोषाध्यक्ष सुरज मेहेर कायस्थ निर्वाचित भएका छन् ।
कार्यकारी सदस्यहरुमा सोविन्द्र महर्जन, शम्भु आचार्य, परशुराम सिलवाल, निर्मला क्षेत्री, पुरुशोत्तम पौडेल, राजेश देसार निर्वाचित भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि निबर्तमान सांसद नवराज सिलवाल, प्रदेश सभा सदस्य चेतनाथ सन्जेल र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन लगायतले बोलेका थिए ।
उद्योग व्यवसायको प्रवद्र्धन तथा व्यावसायिक हकहितका क्षेत्रमा संघले काम गर्ने नवनिर्वाचित अध्यक्ष महर्जनले प्रतिबद्धता व्यक्त गरे ।




Comments are closed.