वर्षा नहुँदा उजाडिए खेताबारी: गहुँबाली सुक्दै, किसानलाई भोकमरीको चिन्ता

बझाङ । समयमै वर्षा नहुँदा यस वर्ष किसानलाई भोकमरीको चिन्ता बढेको छ । अहिलेसम्म बर्षा भएको छैन । अधिकांश खेतीयोग्य जमीनमा वर्षा नहुँदा गहुँ सुक्दै गएको थलारा गाउँपालिकाका बासिन्दा प्यारु खड्काले बताइन्।

छबिस पाथीभेरा गाउँपालिका घर भएका मानबहादुर सिंहले खेत जोतेर गहुँ छरौंला सोचेको भए पनि वर्षा नहुँदा खेतसमेत बाँझै रहेको र केही खेतमा गहुँ लगाएको भए पनि गहुँ सुक्दै गएको जानकारी दिए।

जिल्लामा १० हजार ४५० हेक्टर जमीनमा गहुँबाली उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । जयपृथ्वी नगरपालिका–१ का जीवनबहादुर सिंहले अघिल्ला वर्षमा यतिबेला खेतबारी हराभरा देखिन्थ्यो तर यस वर्ष भने समयमै पानी नपरेकाले जताततै खेतबारी उजाड देखिएको बताए।

footwear zone

विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण भारत गएर ज्याला मजदूरी गरी खानेहरू पनि गाउँघरमा फर्किएर खेती किसानी गर्न थाले तर समयमै पानी नपर्दा सङ्कट परेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले यस वर्ष फागुन १५ गतेसम्म पानी नपरे पाखो जमीनतिर १० देखि १२ प्रतिशत र सिँचाइयोग्य जमीनमा चारदेखि पाँच प्रतिशतसम्म उत्पादन ह्रास हुन सक्ने बताए ।

जिल्लामा अरू जिल्लाभन्दा बाँझो जमीन छाड्ने प्रचलन कम रहेको र जिल्लामा १२ हजार टन खाद्यान्न जहिले पनि अभाव हुने भएकाले रु ४२ करोडको खाद्यान्न बाहिरबाट आयात हुने गरेको उनले जानकारी दिए । सुर्मा, साइपाल, मष्टा, छविसपाथीभेरा र वित्थडचिर गाउँपालिका खाद्यान्न असुरक्षाकोे तथ्याङ्कमा छन् ।

You might also like

Comments are closed.