रेडियो मेलम्चीलाई साढे पाँच लाख सहयोग

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ का श्याम खड्काले रेडियो मेलम्चीको बहुउद्देश्यीय भवन निर्माणका लागि रु पाँच लाख ५५ हजार ५५५ सहयोग हस्तान्तरण गरेका छन् । भवन निर्माणका लागि व्यक्तिगतरुपमा प्रदान भएको यो नै सर्वाधिक रकम हो ।

समाज सेवाका विविध गतिविधिमा संलग्न रह्का खड्काले धेरै सङ्घ संस्थाको स्थायित्वका लागि जग्गादान गर्नेदेखि आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन्। मेलम्ची नगरपालिकाका लागि एक रोपनी आठ आना, ह्योल्मो–सिन्धु–मेलम्ची उपत्यका खानेपानी सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिलाई एक रोपनी, याङ्ग्री–लार्के समितिलाई ९ आना, कृषि कार्यालयलाई आठ आना, नेपाल कम्युनिष्ट पार्टीलाई एक रोपनी दुई आना र श्यामश्यामा धाम राधा–माधव समितिलाई छ आना प्रदान गरिएकामा भवन निर्माण भइसकेको छ ।

कार्यालय भवन निर्माणका लागि प्रदान गरिएका जग्गा उपयोग नगर्ने वादोकाई सङ्घ, रेडक्रम सोसाइटी, रेडियो मेलम्चीलगायतले जग्गा फिर्ता गरिसकेका छन् भने जग्गा उपयोग नगर्ने अन्य सङ्घसंस्थालाई यथाशीघ्र जग्गा फिर्ता गर्न पनि जग्गादाता खड्काले अनुरोध गरे ।

footwear zone

नेपाल रेडक्रस सोसाइटी, सिन्धुपाल्चोकका सदस्य तथा लायन्स क्लब अफ मेलम्चीका लायन खड्काले मेलम्ची–११ को छ्योर्तेन निर्माणका लागि पाँच लाख, मेलम्ची टारमा मन्दिर निर्माणका लागि तीन लाख, मेलम्ची–६ को बतासे मावि निर्माणका लागि तीन लाख उपलब्ध गराए ।

त्यसैगरी मेलम्ची–९ को सातकन्या माविलाई पाँच थान कम्प्युटर पनि सहयोग गरे । यीलगायत अन्य थुप्रै सङ्घसंस्था तथा व्यक्तिलाई उनले सहयोग गर्दै आइछन् । गत स्थानीय निर्वाचनका मेलम्ची नगरका प्रमुख पदका प्रत्याशी खड्काले लोकप्रिय मत प्राप्त गरेका थिए।

You might also like

Comments are closed.