हिमपातले खाद्यान्न आपूर्तिमा रोक

हुम्ला । बिहीबार रातिदेखि परेको हिमपात रोकिएको छैन । यसबाट यहाँको जनजीवन अस्तव्यस्त भएको छ । दक्षिण र उत्तरी भेगमा आवतजावत पनि रोकिएको छ ।

नेपालगञ्ज र सुर्खेतका हवाई उडान पनि बिहानदेखि अवरुद्ध भएका छन् ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जिल्लामा हिमपात भई हवाई उडान नहुँदा बाहिरबाट खाद्यान्न ल्याउन नसकिएको बताए ।

footwear zone

यसैबीच प्रजिअ गिरीले मृतकका परिवार र सुत्केरीलाई क्रमशः डेढ क्विन्टल र २० केजी चामल आज प्रदान गरे ।

You might also like

Comments are closed.