ठूला व्यवसायमा महिलाको लगानी बढ्दै

भक्तपुर । भक्तपुरको पर्यटन तथा होटल व्यवसायमा महिलाहरुको लगानी बढ्न थालेको छ । महिलाहरुले संयुक्त लगानीमा ठूला व्यवसाय शुरु गर्न थालेका छन् । यसको नमूनाको रुपमा शनिबारदेखि मध्यपुरथिमि नगरपालिका–४ राधेराधेमा रु. दुई करोडको संयुक्त लगानीमा ‘मिल मि’ रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ । ‘मिल मि’ को आज पूर्वमन्त्री एवं नेकपाका नेता महेश बस्नेतले उद्घाटन गरे ।

स्वदेशी तथा विदेशी पर्यटकदेखि परिवारसम्मलाई लक्षित गरी भक्तपुर जिल्ला मै पहिलो पटक एउटै छानामुनी स्वदेशी तथा विदेशी खानाका परिकार खुवाउने उद्देश्यले ‘मिल मि’ सञ्चालनमा ल्याएकोे प्रबन्ध निर्देशक विपना सापकोटा पौडेलले बताइन् ।

देशव्यापी रुपमा शाखा विस्तार गर्ने उद्देश्यले व्यवसायीक बजारको रुपमा विस्तार भएको मध्यपुरथिमि नगरपालिका–४ राधे राधे क्षेत्रको भाटभटेनी अगाडि सापकोटासहित दुर्गा राई, रमिता कासिछ्वा र भावना खरेलको संयुक्त लगानीमा ‘मिल मि’ सञ्चालनमा ल्याइएको हो । प्रबन्ध निर्देशक सापकोटाले ‘मिल मि’ ले स्वदेशी तथा विदेशी नागकिरलाई विहान ७ देखि राति १० बजेसम्म सेवाग्राहीलाई सेवा दिने बताए । उनले भनिन्, “पारिवारिक शान्त वातावरणमा सफा, स्वस्थ्यकर, नेपाली, थकाली खाना, नेवारी तथा एशियाका बिभिन्न देशका खाना तथा खाजाका साथै अन्य परिकार पस्कने गरी ‘मिल मि’ सञ्चालनमा ल्याएका छौ, यहाँ बालबालिका, ज्येष्ठ नागरिक र विरामीका लागिसमेत खाजा खानाको व्यबस्था गरेका छौ, केही समय मै होम डेलिभरीको समेत व्यबस्था गर्दैछौं ।”

footwear zone

बेकरी उत्पादन आफ्नै रहेको ‘मिल मि’ मा एक पटकमा ३० जना अटाउने क्षमताको सेमिनार हल र १२० जना ग्राहक अटाउने बताइएको छ । ‘मिल मि’ मा २५ जनालाई रोजगारी समेत दिइएको छ । यहाँबाट भएको आम्दानीको दुई प्रतिशत रकम भक्तपुर जिल्लाको सामाजिक सेवाका क्षेत्रमा खर्च गरिने घोषणा गरिएको छ । एक महिनासम्म २० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको प्रबन्ध निर्देशक सापकोटाले जानकारी दिइन् ।

सो अवसरमा पूर्वमन्त्री बस्नेतले केही वर्ष अघिसम्म बैठक बस्नदेखि खाना खानसम्म राम्रो ठाउँ खोज्दै काठमाडौं जाने परम्पराको अब अन्त्य भएको बताउदै भक्तपुर विकाससंगै व्यवसायको केन्द्र बन्न थालेको बताए । उनले भने, “विकासको गतिसंगै भक्तपुरलाई हेर्ने दृष्टिकोण अहिले परिवर्तन भएको छ, प्रतिष्ठित व्यक्तिहरुको बसाईदेखि ठूला व्यवसाय भक्तपुरमा सञ्चालन हुन थालेका छन्, व्यवसायमा महिला लगानी पनि बढ्नुले थप हौसला प्रदान गरेको छ ।”

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, व्यवसायी विज्ञान राईले व्यवसायको नौलो आयामहरु भक्तपुरमा थपिँदै जानु उपलब्धीमूलक भएको बताउदै व्यवसायले बेरोजगार अन्त्यका लागि अप्रत्यक्ष रुपमा राज्यलाई सहयोग गरिरहेको बताए ।

You might also like

Comments are closed.