उपभोक्ताका रोजाइमा जुम्लाको मार्सी चामल

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्रीमा राखेको जुम्लाको मार्सी धानको चामल उपभोक्ताको रोजाइमा पर्न थालेको छ । यही माघ १५ गतेदेखि कम्पनीले काठमाडौँ उपत्यकाका बिक्री काउन्टरबाट बिक्री वितरण शुरु गरेको उक्त चामल शुक्रबारसम्म करीब एक हजार किलो बिक्री भइसकेको छ ।

परीक्षणका रुपमा चामल बिक्री गरेको कम्पनीले शुरुआती मूल्य प्रतिकिलो रु २२५ मा बिक्री गरेको छ । शुक्रबारसम्म ९मार्सीको चामल बिक्रीमा राखिएको आठ दिन शनिबारबाहेक० काठमाडौँ उपत्यकामा रहेका पाँचवटा बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकबाट ९५१ किलो मार्सी चामल बिक्री भइसकेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने बताउँछन् ।

उनका अनुसार मार्सी चामल बिक्री शुरु गरेकै दिनदेखि उपभोक्ताको रोजाइमा परेको छ । “हामीले परीक्षणका रुपमा काठमाडौँ उपत्यकाभित्रका पाँचवटै बिक्री काउन्टरमा मार्सी चामल राखेका थियौँ तर नसोचेको बिक्री हुने गरेको छ, हालसम्मको बिक्री हेर्दा दैनिक एक सय किलोभन्दा धेरै परिमाणमा बिक्री हुने गरेको छ”, उनले भने । शुरुआती चरणमा कम्पनीले जुम्लाको मार्सी चामललाई ‘नेपाल फुड’ ब्रान्डमा आकर्षण प्याकिङ गरेर काठमाडौँमा बिक्री वितरण शुरु गरेको हो । मार्सी चामल कम्पनीले पहिलो चरणमा सुर्खेतबाट २७० क्विन्टल खरीद गरेर काठमाडौँ उपत्यकाका पाँच बिक्री काउन्टरबाट बिक्री शुरु गरेको हो ।

footwear zone

उनले कम्पनीले यसअघि बिक्री वितरण गर्दै आएको अन्य चामल जस्तै मार्सी चामल बिक्री भएको जानकारी दिए । “हाल बिक्री भएको अनुपातको तुलनामा हामीसँग भएको चामलले १५÷२० दिनसम्म पुग्न सक्छ, थप चामलका लागि हामीले जुम्लामा नै मार्सी धान खरीदको तयारी गरेका छौँ”, उनले भने ।

बन्दाबन्दीको समयदेखि शुरु गरिएको अनलाइनमा समेत उक्त चामल राखिएको कम्पनीले जनाएको छ । कम्पनीले चालू आर्थिक वर्षको कार्यक्रमभित्र रहेको जुम्लाको मार्सी धान खरीदको प्रक्रिया शुरु गरेको छ । धान खरीद प्राथमिक समितिले जुम्लाको मार्सी धान खरीद गर्न प्रतिकिलो १०२ रुपैयाँ ५० पैसा र चामल प्रतिकिलो १६२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

धानको मूल्य निर्धारणका लागि कम्पनीले प्रत्येक वर्ष सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कृषि ज्ञान केन्द्र, स्थानीय कृषक समन्वय समितिका प्रतिनिधिलगायत रहेका छन् । कम्पनीले हाल रञ्जीत स्टिम चामल, सोना चामल, जापानिज चामल, कर्णालीमा उत्पादित सिमी, केराउ, दाना, मुसुरो र रहरको दाल बिक्री काउन्टर तथा अनलाइनमार्फत बिक्री वितरण गर्दै आएको छ ।

You might also like

Comments are closed.