खानेपानी, बाटोघाटो र विद्युतको माग राख्दै प्रदर्शन

 

बझाङ । खानेपानी, बाटोघाटो र विद्युत्को मागसहित स्थानीयवासीले नगरपालिकामा प्रदर्शन गरेका छन् । जयपृथ्वी नगरपालिका–८ बारिलका स्थानीयवासीले खानेपानी, बाटोघाटो, विद्युत्को मागसहित जयपृथ्वी नगरपालिकामा सोमबार प्रदर्शन गरेका हुन् ।

नगरपालिकाको सबै वडामा सडक विस्तार भए पनि बारिलमा नहुँदा सडक विस्तारका लागि नगरपालिकाले बजेट नछुट्याएको र बर्खायाममा पहिरो गई बस्तीहरु जोखिममा रहेकाले त्यसको रोकथामका लागि पनि बजेट विनियोजन गर्नुपर्ने भन्दै स्थानीयवासी आन्दोलित भएका छन् ।

footwear zone

बारिलमा सडकका लागि रु पाँच लाख बजेट छुट्याइसकेको र केही महिनामै काम हुने नगरपालिकाका उपप्रमुख जुना जाग्रीले बताइन् । उनले विद्युतका लागि पोल लगाउन बोलपत्र आह्वान भइसकेको केही दिनमै पोल गाड्ने काम पनि शुरु हुने जानकारी दिए ।

You might also like

Comments are closed.