पोखरा । कोरोना भाइरसका कारण बन्द भएका स्याङ्जा जिल्लाका होमस्टेहरु पुनः सञ्चालनमा आउन लागेका छन् । नेपालकै पहिलो सिरुवारी होमस्टे लगायत स्याङ्जाका ४९ वटा होमस्टेहरु एकैसाथ सञ्चालनमा आउन लागेका हुन् ।
यसका लागि होमस्टे एशोसिएशन नेपाल जिल्ला कार्यसमिति स्याङ्जाले अभियान नै सञ्चालन गरि यही माघ २७ गतेदेखि होमस्टे सञ्चालन गर्न लागिएको अध्यक्ष मोहन खनालले जानकारी दिए । अध्यक्ष खनालका अनुसार अभियानमा माघ २७ गते सिरुवारीमा गाउँपालिका परिचयात्मक भ्रमण कार्यक्रम हुनेछ ।
यसैगरी फागुन २७ देखि २९ गतेसम्म सुन्तलावारी होमस्टेस्थित कुलमान घिसिङ झरनामा क्यानोइङ महोत्सव तथा मैत्रीपूर्ण प्रतियोगिता हुने उनले बताए । यस्तै चैत २७ गते सिरुवारीमै कोरोनाले होमस्टेमा पारेको प्रभावबारे छलफल कार्यक्रम तय गरिएको अध्यक्ष खनालले जानकारी दिए ।

यस अभियान अन्तर्गत प्रत्येक महिना फरक फरक कार्यक्रम सञ्चालन गरिने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सिरुवारी सामुदायिक होमस्टेका संयोजक जुम गुरुङले सिरुवारी होमस्टेमा स्थानीयस्थरमा उत्पादित अग्र्यानिक खानेकुरा मात्रै पाइन्छन् ।
स्याङ्जा जिल्लाभर सञ्चालित होमस्टेहरुमा एक दिनमा दुई हजार मानिसले एकै पटक सेवा पाउन सक्ने बताइन्छ । होमस्टेमा वास बस्नेहरुले एक दिनको ६५० रुपैयाँदेखि २१ सय रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । अघिल्लो वर्ष ११ हजार जना मानिस स्याङ्जाका विभिन्न होमस्टेमा बास बसेका थिए ।




Comments are closed.