काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । छापावाला सुन तोलामा ९० हजार ४ सय रुपैयाँमा कारोवार भएको छ । छापावाला सुन आइतबार तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोवार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन पनि तोलामा २ सय रुपैयाँले घटेको छ । ९० हजार १५० रुपैयाँमा आइतबार कारोवार भएको तेजाबी सुन आज ८९ हजार ९५०मूल्य निर्धारण भएको छ ।

त्यस्तै चाँदी तोलामा पाँच रुपैयाँले बढेको छ । एक हजार ३१० रुपैयाँमा आइतबार कारोवार भएको चाँदी आज तोलामा एक हजार ३१५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।




Comments are closed.