पर्यटनमा पुनर्जारण ल्याउन काठमाडौं–चितवन–पोखरा मोटर र्याली हुँदै

काठमाडौं । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र पर्यटन क्षेत्रमा पुनर्जागरण ल्याउने लक्ष्यसहित ‘आठौं द अम्याजिङ मोटर ¥याली’ हुने भएको छ । काठमाडौं–चितवन–पोखरा गरी ३ शहरलाई जोड्ने गरी र्याली हुन लागेको हो । रोटरी क्लब अफ बागमती काठमाडौं र केजिएच फाउण्डेसनको आयोजनामा फेब्रुअरी १२ देखि १४ (माघ ३० देखि फागुन २) सम्म र्याली हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आगामी शुक्रबार काठमाडौंबाट सुरु हुने र्याली सो दिन चितवनको सौराह पुग्नेछ । टोलीले सौराहस्थित केजिएच होटल्स मारुनी सान्चुरी लजमा बिश्राम गर्नेछ । टोलीमा सहभागीहरु सौराहमा विभिन्न पर्यटकीय गतिविधिमा सहभागी हुनेछन् ।

शनिबार सौराह हुँदै टोली पोखरा पुग्नेछ । पोखरामा केजी होटल वाटरफ्रन्ट रिसोर्टमा पुगी ¥याली समापन हुने कार्यक्रम संयोजक दिवाकर राजकर्णिकारले जानकारी दिए । ‘र्यालीमा ४० वटा कार सहभागी हुनेछन्,’ उनले भने । ‘नेपालको पर्यटन प्रवद्र्धनमा आन्तरिक पर्यटनको महत्वपूर्ण योगदान रहेको छ,’ उनले भने, ‘आन्तरिक पर्यटन प्रवद्र्धन गर्न तथा चितवन र पोखरामा पर्यटकीय गतिविधि बढाउन र्यालीले योगदान पु¥याउने हामीले लक्ष्य लिएका छौं ।’

कार्यक्रममा क्यान्सर सचेतना अभियान पनि सञ्चालन हुने रोटरी क्लब बागमती काठमाडौंका अध्यक्ष विजय सागर प्रधानले बताए । ‘वर्षेनी आयोजना हुने कार ¥यालीमा फरक फरक नारा तय हुने गरेको छ,’ उनले भने, ‘यस वर्ष इन्ड सर्भिकल क्यान्सर नेपाल नारासहित जनमानसमा सचेतना जगाउने काम हुनेछ ।’ हाइवेमा सुरक्षित ड्राइभिङ गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न पनि ¥याली सहयोगी हुने आयोजकको विश्वास छ ।

footwear zone

ट्राफिक नियमहरुको पूर्ण पालना गरी निश्चित बाटो र ठाउँ अनुसार निर्धारित गतिमा मात्र कार चलाउन पाइने व्यवस्था गरिएको छ । टिडिएस (टाइम, डिस्टेन्स र स्पिड) का आधारमा मोटर र्याली तय गरी विभिन्न सचेतनामूलक टाक्सहरु गर्दै गन्तव्यमा पुगिनेछ ।

कार्यक्रममा मिस नेपाल २०२० नम्रता श्रेष्ठ लगायत विजयीहरु पनि सहभागी हुनेछन् । पत्रकार सम्मेलनमा बोल्दै नेपाल टुरिजम बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले थलिएको पर्यटनलाई माथि उकास्न मोटर र्यालीले योगदान पु¥याउने विश्वास व्यक्त गरे । ‘देशभित्र डुल्नुपर्छ, नयाँ गन्तव्य खोल्नुपर्छ भन्ने अभियानमा हामी छौं,’ उनले भने ।

केजिएच ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजन शाक्यले मोटर र्याली यात्रामात्रै नभइ पर्यटनमा जागरण ल्याउने अभियान पनि रहेको बताए । ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले नेपालीको पर्यटनले फड्को मार्न सकेमात्र आर्थिक गतिविधि चलायमान हुने भएकाले पर्यटन प्रवद्र्धनमा सबैको सहकार्य हुनुपर्ने बताए ।

You might also like

Comments are closed.