काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडलाई डिजिटल बैंकिङ सेवाका लागि नेपाल राष्ट्रबैंकले स्वीकृति दिएको छ । राष्ट्र बैंकका पेमेन्ट सिस्टम डिपार्टमेन्टका कार्यकारी निर्देशक भुवन कँडेलले फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठलाई मोबाइल बैंकिङको लाइसेन्स हस्तान्तरण गरेका छन् ।
राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएसँगै फाइनान्सले मोबाइल बैंकिङ सेवा सुरु गरेको छ । ‘फाइनान्सलाई डिजिटल प्रविधिमा हामीले अगाडि बढाएका छौं,’ प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले भने ।
फाइनान्सका ग्राहकले अब मोबाइल एप्सबाटै टपअप, क्युआर कोड प्रयोग, रकम ट्रान्सफर, विद्युत, टेलिफोन, पानीको महसुल बुझाउने लगायत सेवा लिन सक्नेछन् । आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्न फाइनान्स सफल भएको श्रेष्ठले बताए ।

फाइनान्सले मुख्य कार्यालयसहित २१ वटा शाखाबाट आधुनिक बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।




Comments are closed.