पोउवा संघको वार्षिकोत्सवको अवसरमा नापतौलका सामान परीक्षण

पोखरा । पोखराका भाँडा तथा कपडा व्यवसायीहरुले आफ्नो नापतौलका सामग्रीहरु चुस्तदुरुस्त बनाएका छन् । यहाँका भाँडा व्यवसायीहरुले आफ्नो नापतौलका तराजु र ढकहरु र कपडा व्यवसायीहरुले आफ्नो कपडा नाप्ने ‘गज’ ठीक भएको प्रमाणित गराएका हुन् ।

पोखरा उद्योग वाणिज्य संघको ६७ औं वार्षिकोत्सवको सन्दर्भमा पोखरा नापतौल कार्यालय कास्कीका अधिकारीहरुको रोहबरमा मंगलबार उनीहरुले स्वच्छ व्यवसाय नै आफ्नो धर्म भएको भन्दै आफ्ना नापतौलका सामानहरु पुनः प्रमाणित गरेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले बताए । उनले उद्योगी÷व्यवसायीहरु पनि उपभोक्ता नै भएको स्मरण गर्दै सामाजिक संस्थाको रुपमा प्रतिष्ठथापित पोउवा संघ सदैव उपभोक्ताको हितमा रहेको बताए ।

नेपाल गुणस्तर तथा नापतौल कार्यालय कास्की, पोखरा उद्योग वाणिज्य संघ, कपडा एसोसियसन पोखरा र पोखरा भाँडा व्यवसायी संघको संयुक्त आयोजनामा पोउवा संघको सचिवालयमा आयोजना भएको परीक्षण कार्यक्रममा व्यवसायीहरुले आफ्ना नापतौलका सामान चुस्त दुरुस्त बनाएकोमा संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले सबैलाई धन्यवाद दिए । उनले व्यवसायीहरुलाई नापतौल कार्यालयमै पुगेर पनि आफ्ना सामान चुस्त र दुरुस्त बनाउन आग्रह पनि गरे । सो कार्यक्रममा नेपाल गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख तिलक केसीसहित कार्यालयका सुब्बा रुघुनाथ पौडेल,विपिन पुरी,भिमलाल अधिकारी,सूर्यकुुमार श्रेष्ठ र सरिता थापाले नापतौलका सामानहरु अद्यावधिक गरेका थिए ।

footwear zone

पोउवा संघका महासचिव सुरेन्द्रमान विजुक्छेले संघको वार्षिकोत्सवको अवसरमा सचिवालयमा नै आएर उद्योगी÷व्यवसायीलाई सहज हुने गरी नापतौलका सामान अद्यावधिक गरिदिएकोमा कार्यालय प्रमुखसहित नेपाल गुणस्तर तथा नापतौल कार्यालय परिवारलाई धन्यवाद ज्ञापन गरे । उनले नापतौलका सामानहरु चुस्त दुरुस्त राख्न व्यवसायीहरुलाई आग्रह गर्दै पोखरा उद्योग वाणिज्य संघ सदैव स्वच्छ व्यवसायीको पक्षमा रहेको बताए ।

You might also like

Comments are closed.