हामी पोखरा महानगरमा सर्वश्रेष्ठ व्यवस्थापन कलेजको रूपमा स्थापित भइसकेका छौं । लेखनाथमा रहेको त्रिवेणी इन्टरनेशनल कलेजमा हाम्रो स्टियरिङ कमिटी सबै आवश्यक प्रावधान र सुविधा व्यवस्था गर्न समर्पित छ । हामी अध्ययनलाई वरपरको वास्तविक व्यवसाय तथा समाजसँग व्यवहारिक रुपमा जोड्दै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्न सफल भएका छौं ।
मलाई विश्वास छ, कलेजका नियमित गतिविधि तथा भइरहेका अभ्यासले हाम्रा विद्यार्र्थीलाई व्यवसायको अवस्था बुझ्न, व्यावसायिक सम्भावनाको अध्ययन गर्न, छलफल र गतिविधिहरूसँग परिचित हुन मद्दत गरिरहेको छ । हामी कलेजमा विद्यार्थीहरुका लागि अध्ययनको राम्रो वातावरण तय गर्न सफल छौं ।
तपाईंले कसरी अध्ययन गर्ने र अगाडि बढ्ने भन्ने कुरा यहाँ आएपछि पाउनुहुनेछ । वास्तविक अर्थमा, तपाईंको जीवनको नयाँ अध्याय यहाँ आएपछि सुरु हुनेछ । कलेज स्तरको अध्ययन पछि परीक्षा पास गर्न र प्रमाणपत्रहरू प्राप्त गर्ने बारेमा मात्र होइन, तपाईंलाई एक बौद्धिक, वाणिज्यिक नेतृत्व, विश्लेषक र तपाईंको जीवनको र वाणिज्यिक दुनियाँ परिवर्तन गर्नका लागि हामीले योगदान पुर्याउनेछौं । म आशा गर्छु कि विद्यार्थीहरू आफ्नो उज्ज्वल शैक्षिक क्यारियरको लागि सही संस्था छनौट गर्नुहुनेछ ।

कुराकानीमा आधारित :
र यो पनि




Comments are closed.