क्षतिपूर्तिका लागि राहत वितरण

बाँके । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गली जनावरले क्षति पु¥याउने घटना बढेसँगै निकुञ्ज प्रशासनले पीडित घरपरिवारलाई ठूलो धनराशि दिएको छ । निकुञ्जका वार्डेन श्यामकुमार शाहले २०७० सालदेखि अहिलेसम्म दुई हजार १७४ घरधुरीलाई रु एक करोड ९६ लाख ९४ हजार ८३० राहत दिएको बताए ।

निकुञ्जले २०७० मा ५२ घरधुरीलाई रु ९६ हजार १८१, २०७१ मा ३१ घरधुरीलाई रु ६६ हजार ९९०, २०७२ मा ३६ घरलाई रु एक लाख पाँच हजार १२४, २०७३ मा ३० घरलाई रु एक लाख १४ हजार ५४०, २०७४ मा ३०५ घरलाई रु १४ लाख २७ हजार ७२ , २०७५ मा ४१८ घरलाई रु ५२ लाख ४६ हजार ५१७, २०७६ मा ६२७ घरलाई रु ७० लाख ३३ हजार ३०१ र चालु आवको हालसम्म ६७७ घरधुरीलाई रु ५६ लाख ४ हजार ७८ दिइएको छ ।

निकुञ्जमा रहेका जनावरले आसपासका विभिन्न गाउँमा क्षति पु¥याउने गरेका छन् । जनावरले गहुँ, आलु, धान, मकै, तरकारी बालीमा नोक्सानी पु¥याएका छन् भने मानिसलाई समेत मारेको छ ।

footwear zone

वन महासङ्घ, बाँकेका उपाध्यक्ष शालिकराम डाँगीले जनावरबाट भएको क्षतिपूर्तिको राहत पाउन सजिलो नरहेको गुनासो गरे ।

You might also like

Comments are closed.