काठमाडौं । महिला उद्यमी महासंघ नेपालले ‘वि फर ग्रोथ क्याम्पियन’ शुरु गरेको छ । यसको मुख्य उद्देश्य महिला उद्यमीले उत्पादन गरेका सामानको प्रवद्र्धन गर्नु रहेको महासंघले जनाएको छ ।
अभियानलाई सेफ्टी एण्ड अपरच्युुनिटी फर ओमन इन साउथ एसिया अन्तर्गत रहेर एसिया फाउन्डेसन र भिजा फाउन्डेसनले लगानी गरेका छन् । महिला उद्यमीको व्यवसायलाई डिजिटल प्लेटफर्ममा रुपान्तरण गरी डिजिटल मार्केटिङ सुनिश्चित गर्ने उद्देश्यले अभियान संचालन गरिएको हो ।
लैंगिक हिंसा विरुद्ध सचेतना जगाउने पनि यसको उद्देश्य छ । कोरोना महामारीको समयमा पनि महिला उद्यमशीलता र सशक्तीकरणका कार्यक्रमलाई महासंघले निरन्तरता दिएको छ । डिजिटल साक्षरता, होलिस्टिक वेलविइङ, वित्तीय साक्षरता र महिला उद्यमीको उद्यमशीलता सम्वन्धी सिप विकास गर्न विभिन्न कार्यक्रम गरेको छ ।

यो अभियान नेपाललाई लक्षित गरी संचालन गरिएको छ । यस अन्तर्गत विभिन्न प्रतियोगिता पनि संचालन हुनेछन् । २ जनवरी २०२१ बाट शुरु भएको अभियान अप्रिल १५ सम्म संचालन हुनेछ ।




Comments are closed.