मूल्य बढी हुँदा बिकेन खाद्यको चामल

हेमन्त केसी÷जाजरकोट । बजारमा पाइने चामलको मूल्यभन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको मूल्य बढी हुँदा बिक्री हुन छाडेको छ । जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य सस्तो भएको हो । व्यापार कम्पनीको चामलमा प्रतिकेजी रु १० को फरक परेपछि कम्पनीको चामल नबिकेको हो । मूल्य घटाउन कम्पनीको केन्द्रीय कार्यालयमा आग्रह गर्दा पनि मूल्य घटाउनेतर्फ ध्यान नदिँदा उक्त चामलले बजारको चामलसँग प्रतिस्पर्धा गर्न नसकेको हो ।

अरुवा मध्यम चामल प्रतिकेजी रु ४९, अरुवा मोटो रु ४६, स्टिम जिरामसिनो ६५, अरुवा मकवानपुर रु ४६, अरुवा मोटो चामल ४६, खाली प्लास्टिक, जुटबोरो रु ४६, प्लास्टिक जुटबोरो रु ४०, बङ्गलादेशी जुटबोरा रु ३० मा व्यापार कम्पनीले सदरमुकामबाट बिक्री गरिरहेको छ । यही चामल बजारमा प्रतिकेजी रु १० कममा बिक्री हुँदा कम्पनीको चामल नबिकेको हो । अहिले कम्पनीको नायकवाडा (घाट) चौखा, घोगी, दशेरा, ताँगा, रजुतरा, घरङ्गा, टापुचौर, काउली, नलगाडमा रहेका डिपोबाट चामल बिक्री भइरहेको छ ।

बजारमा पाइने चामलभन्दा डिपोमा पाइने चामलमा मूल्य अन्तर भएपछि सस्तो पाइने ठाउँमा नै सेवाग्राही जाने गरेको पाइएको छ । वर्षायाममा सडक अवरुद्ध भएपछि अत्यधिक माग बढेको भए पनि अहिले व्यापार कम्पनीको चामल महङ्गो भएको बारेकोट गाउँपालिका–५ का जनकबहादुर शाहीले जानकारी दिए । मूल्य घटाउन लेखर पठाएको भए पनि मूल्य घटेर केन्द्रबाट आइनपुगेको जिल्ला शाखाका प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिए ।

footwear zone

सहुलियतामा जनसाधारणलाई उपलब्ध गराउने भनिएको चामल नै बजारको भन्दा महङ्गो भएको गुनासो आएपछि पटक–पटक निर्णय गरेर पठाएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।

डोल्पामा सबै ठाउँमा खाद्यान्न

पटक–पटक खाद्यान्न अभावको चर्चामा आउने डोल्पामा अहिले गाउँगाउँमा चामल पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी डोल्पाका प्रमुख कमलराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार अहिले चामल बिक्री हुने गति थेगिनसक्नु भएको छ । अहिले सदरमुकाम दुनैमा दुई हजार ६०० क्विन्टल, जुफालमा, एक हजार ३००, काइगाउँमा १७९ क्विन्टल, सर्मीमा ७००, लिकुमा १५०, श्हरतारामा ५५० मध्ये २०० क्विन्टल मात्र बाँकी छ । माथिल्लो डोल्पाको सालदाङ ३५०, घारगाउँ छार्का ताङसुङ ३५० वितरण भएको र २०० क्विन्टल वितरण हुन बाँकी रहेको प्रमुख पाण्डेले बताए ।

You might also like

Comments are closed.