पोखरा । बुद्ध विशाल बजार ब्यापारिक एसोसिएसन पोखराको २२औं साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष नारायण कोइरलाले बुद्ध विशाल बजार ब्यपारिक एसोसिएसन पोखराको एक नमुन एशोसियसन रहेको बताउदै वर्तमान राजनितिक अवस्थाले व्यवसायीक साथीहरुलाई ठुलो असर पर्ने अवस्था रहेको वताउदै वर्तमान राजनितिक अवस्थाको जति सक्दो चाडो समाधान गनुपर्ने बताए ।
कार्यक्रममा बुद्ध विशाल बजार ब्यापारिक एसोसिएसनका अध्यक्ष केशब वहादुर खत्रीले ब्यवसायी साथीहरुको हकहितको लागी आफुले जस्तोसुकै मुल्य पनि चुकाउन तयार रहेको बताउदै ग्राहकहरुलाई गुणस्तरीय सामानहरु लिनको लागी पोखराको एक मात्र ठाँउ बुद्ध विशाल बजार रहेको बताउदै आफुलाई जुन उदेश्यले व्यवसायीले पोखरा उद्योग वाणिज्य संघमा उप महासचिवमा विजयी गराए त्यो उदेश्य पुरा गर्न आफुले पोखरा उद्योग वाणिज्य संघको ढोका सधै घचघचाईरहने बताए । उप महासचिवमा विजयी गराएकोमा सम्पुर्ण व्यवसायीलाई उनले धन्यवाद व्यक्त गरे ।

एसोसिएसनका निवर्तमान अध्यक्ष प्रदिप मुल्मीले बुद्ध विशाल बजार ग्राहकहरुको पहिलो रोजाई रहेको बताउदै समय अनुसार बजारलाई पनि थप सुविधा सहित पुननिर्माण गरीएको बताए ।
फेन्सी तथा रेडिमेड व्यासायी संघका अध्यक्ष राजु पौडेल एसोसिएसनका सल्लाहकार ध्रुव रेग्मी,माधव प्रसाद सिग्देल,थोक व्यवसायी संघका अध्यक्ष टामलाल घिमिरे, कस्मेटिक व्यवसायी संघका उपाध्यक्ष दुर्गा वराल, सर्वेश्वर व्यवसायी समितीका अध्यक्ष एक नारायण पनेरु,सांघुमुख व्यवसायी संघका अध्यक्ष सुर्यराज त्रिपाठी लगाएतले बोलेका थिए ।
बुद्ध विशाल बजार ब्यापारिक एसोसिएसनका अध्यक्ष केशब वहादुर खत्री पोखरा उद्योग वाणिज्य संघको उप महासचिवमा र फेन्सी तथा रेडिमेड व्यासायी संघको कोवाध्यक्षमा थमन गुरुङ सदस्यमा शान्ति जोशी र सन्जय श्रेष्ठ निर्वाचित भएकोमा विशेष सम्मान गरीएको थियो भने पुराना व्यवसायीहरु गणेश जिसी, अनु थापा, सन्जित श्रेष्ठ र सम्झना काफ्ले रेग्मी साथै सरसफाई सयोजक राजु केसीलाई सम्मान गरीएको थियो । साथै प्लस टु र एसईमा उत्कृष्ट अकं ल्याउने व्यवसायीका छोराछोरीलाई समेत सम्मान गरीएको थियो ।
एसोसिएसनका महासचिव ईन्द्रराज अर्याल र सचिव बुद्धी कुंवरले सन्चालन गरेको साधारणसभा तथा बनभोज कार्यक्रममा स्वागत मन्तव्य एशोसियसनका उपाध्यक्ष शिव शर्माले गरेका थिए भने खेलकुद संयोजक थमनसिह गुरुङ, कोषाध्यक्ष राजु के.सी लगाएतले बोलेका थिए । कार्यक्रममा ब्यवसायीहरुले बुद्ध विशाल बजारको ब्यवसाय प्रर्वद्दनको लागी विभिन्न सुझावहरु दिएका थिए ।
साधारणसभा तथा बनभोज कार्यक्रममा ब्यवसायीको विचमा विभिन्न मनोरन्जन तथा खेलकुदका कार्यक्रमहरु समेत गरिएको थियो ।




Comments are closed.