३३३ औं समता काव्य सन्ध्या सम्पन्न

पोखरा । पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको  समता काव्य सन्ध्याको ३३३ औं शृङ्खला सम्पन्न भएको छ । यस अघि समता काब्यका नाममा संचालन भईरहेकोमा३३३ औं श्रृंखलाबाट नेबिको समता काव्य भएको हो । यसलाई नेबिको बिस्कुटले प्रायोजन गरेको छ ।कोभिड–१९ को असर मा पनि पोयुसाले समता काव्य सन्ध्यालाइ निरन्तरता दिंदै ११ ओटा शृङ्खला भर्चुअल रुपमा सम्पन्न गरिसकेको छ । कोरोना कहर पछिको यो पहिलो खुला शृङ्खलामा कवि लिली अधिकारी यसरी सुनिन्छीन् :

न्याउलीको स्वरमा मन रुँदा
खहरेझैं उर्लेको आँसु थाम्न
एक्लो हुनुको पर्खाल भत्काइदिने
साथ चाहिँदो रहेछ
मानें, तिमी पीपल
म बाँस नै सहि
आऊ, एक अर्काको अस्तित्व स्वीकार गरौं
छहारी मेरो पनि छ
तर म चौतारी बनेर उभिने रहर गर्दिन
तिमी बिर्सेर पनि
बाँसुरी बनेर गुन्जिने सपना नदेख्नु

जीवनसागर भण्डरीको यो कविता सुनेपछि माहोल झन प्रेमिल बनिरहेको थियो ।
तर अचानक शंका उत्पन्न भयो । प्रकाश आचार्य माथी
सिंहदरबारको विशाल कोठा भित्र
एउटा ऐना उभीरहेछ चुपचाप
जो एक सुन्दर मजदुरको
कुरुप प्रतिविम्व देखाइ रहेछ
र देखाइ रहेछ कुरुप मालीकको
सुन्दर प्रतिविम्व
रिसाउँदै ढुङ्गा बर्साइ रहेछ
मजदुर ऐनाको छातीमा
तर ऐना न चर्कन्छ, न फुट्छ
मलाई शङ्का छ हजुर
के यो ऐना सिसाकै हो ?

footwear zone

कार्यक्रममा ईश्वरमणी अधिकारी,लक्ष्मण थापा,विष्णु अल्पविराम,दिपक समिप,जीवनसागर भण्डारी,प्रकाश ज्ञवाली,डा.बसन्त गौतम,विष्णु बास्तोला,रुपीन्द्र प्रभावी,रिता अधिकारी,शिव त्रिपाठी,लिली अधिकारी,ध्रुव बराल,लोचना अधिकारी,प्रकाश आचार्य,चन्द्रवती वाग्ले,जनक दुलाल,विरेन्द्र पौडेल लगायतका कविहरुले आफ्ना सिर्जनाहरु वाचन गरेका थिए । प्रेम दिवसको को अवसरमा प्राय सबै स्रष्टाले प्रेमिल रचना सुनाए ।

परिवारका साहित्य संयोजक रीता अधिकारीले स्वागत मन्तव सहित रचना वाचन गरेकी थिइन् । संस्थाका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन पोयुसाका उपाध्यक्ष उपेन्द्र पौडेलले गरेका थिए ।

You might also like

Comments are closed.