गरिमा बैंक र मुनाल सहकारी बीच रेमिट सम्झौता

पोखरा, १४ साउन ।

गरिमा विकास बैंक लिमिटेड र पोखरा नयांबजारको मुनाल बचत तथा ऋण सहकारी संस्था बीच गरिमा रेमिट सञ्चालन गर्ने सम्झौता भएको छ ।

साउन १४ गते सोमबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष दुर्गा प्रसाद हुमागाईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

footwear zone

सम्झौता पश्चात मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भुक्तानी गर्न तथा बैंक खातामा रकम जम्मा गर्न सकिने ब्यबस्था गरिएको बैकका मुख्य प्रबन्धक संजू प्रसाद जैसवालले बताए । गरिमा रेमिट सेवाबाट बैक र सहकारी दुबैका सेवाग्राही लाभान्वीत हुने जनाइएको छ ।

You might also like

Comments are closed.