काठमाडौंको बसुन्धरामा इन्जिन टु मुफ्लर्स (इ टु एम) अटो पार्ट्स सन्चालनमा

काठमाडौं । अटोमोबाइलको क्षेत्रमा एक दशक भन्दा बढी अनुभव भएका बिमल पौडेल र बिनोद अधिकारीले इन्जिन टु मुफ्लर्स (इ टु एम) अटो पार्ट्स सुरु गरेका छन्।

काठमाडौंको बसुन्धरामा रहेको आउटलेटको उद्घाटन गर्दै अटोमोबाइल्स एसोसिएसन नेपाल (नाडा)का सचिब अनुप बरालले जेन्युन पार्टस बिक्रिकालागि इ टु एम सुरु गरिएकोले यसको भविष्य राम्रो भएको बताए।

मारुति सुजुकी, हुन्डाइ, ड्याट्सन लगायतका गाडीहरुको जेन्युनु पार्टपुर्जा सुपथ मुल्यमा उपलब्ध गराउने र देशैभर ट्रान्स्पोर्ट मार्फत डेलिभरी गर्ने उद्देश्यले इ टु एम सुरु गरिएको संचालक बिमल पौडेलले बताए।

footwear zone

काठमाडौं बाहिरका ग्राहकले सामान्य पार्टपुर्जाको अभावमा हप्तौ सम्म गाडीको मर्मत हुन नसकी प्रयोग गर्न नपाउने अवस्थाको अन्त्य इ टु एमले गर्ने पौडेलको दाबी छ।

साथै पन्ध्र सय बर्गफिटको गोदाम मार्फत होलसेल बिक्रि सुरु गरिएको र बदलिँदो सपिङ परिदृश्यलाई मद्यनजर गर्दै इ टु एमले छिट्टै अनलाइन मार्फत बुकिङ लिएर डेलिभरी दिने योजना बनाएको सन्चालक बिनोद अधिकारीले बताए।

You might also like

Comments are closed.