युआरएलको प्रमुख कार्यकारी अधिकृतमा पाण्डेय

पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि. (युआरएल) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा भुपेन्द्रराज पाण्डेय नियुक्त भएका छन् । युआरएलको सञ्चालक समितिले पाण्डेयलाई सिइओ नियुक्त गरेको अध्यक्ष ठाकुरप्रसाद पन्तले आर्थिक आवाजलाई जानकारी दिए ।

पाण्डेय बिगत ८ वर्षदेखि ल्याब इन्चार्ज एवं बायोकेमिष्ट पदमा रही निरन्तर काम गर्दै आइरहेका थिए । संस्थामा पाण्डेयले पुर्याएको योगदान र क्षमतालाई मध्यनजर गरी संस्थाले उक्त जिम्मेवारी प्रदान गरेको हो ।

संसारकै सर्वोत्कृष्ट प्रविधि एवं अनुभवी र दक्ष प्रविधिद्वारा सञ्चालित तथा गण्डकी प्रदेशकै पुरानो र सर्वोत्कृष्ट ल्याबको सिइओ नियुक्त हुन पाउँदा खुसी लागेको पाण्डेयले बताए ।

footwear zone

पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको युआरएलका शाखा कार्यालयहरु तनहुँको दमौली, दुलेगौंडा, लमजुङको वेशिशहर र स्याङजाको वालिङमा छ ।

You might also like

Comments are closed.