पोखरा । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले प्रजातन्त्र दिवसको अवसरमा एशोसियसनको लोगो अंकित झण्डा झण्डोत्तोलन छ ।
कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष केशव वहादुर खत्रीले फागुन ७ गते प्रजातन्त्र दिवसको दिनसम्पुर्ण नेपालीहरूको लागी विशेष दिन भएको र उक्त दिन बुद्ध विशाल बजारका व्यवसायीहरूको लागी पनि एतिहासिक दिन भएको बताए । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको हालै सम्पन्न साधारणरण सभाले पारित गरे अनुसार बुद्व विशाल बजार व्यापारिक एशोसियसनको लोगो अंकित झण्डा झण्डातोलन गरिएको उनले बताए ।
खत्रीले आफु व्यवसायीको हकहितको लागी सम्वन्धित ठाँउमा सधै आवाज उठाईरहने बताए । कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य सुदिप ढकालले प्रजातन्त्र दिवसको दिन बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले एक एतिहासीक काम गरेकोमा खुशी प्रकट गरे ।

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका सचिव ईन्द्रराज अर्यालले सन्चालन गरेको कार्यक्रममा उपाध्यक्ष शिव शर्माले स्वागतमन्तव्य राखेका थिए भने धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष प्रदिप मुल्मीले गरेका थिए । झण्डातोलन कार्यक्रममा बुद्ध विशाल बजारका व्यवसायीहरूको उपस्थिति थियो।




Comments are closed.