सामानमा ५० प्रतिशत सम्म छुट सहित इन्फीको अफर

काठमाडौं । नेपाली इकमर्स प्लाटफर्म इन्फी स्टोरले संगीत, खेल र शारीरिक अभ्यासमा रुचि राख्नेहरुलाई मध्यनजर गर्दै नयाँ अफर ब्रीङ्ग इट अन सन्चलन गरेको छ।

फ्रेबुअरी २१ देखि सुरु भएको अफरमा चर्चित ब्रान्ड मन्त्रा गितार, द गितार शप, यमाहा म्युजिक स्टोर, भद्रकाली स्पोर्ट्स, अन्नपूर्ण स्पोर्ट्स र म्युजिक मेकिङ स्पोर्ट्सबाट सङ्गीत, खेलकुद तथा शारीरिक अभ्यासका सामानहरु सुपथ मुल्यमा घरैमा उपलब्ध गराउने इन्फीका संस्थापक एवं बिजनेस डेवलवमेन्ट हेड मुलुक लिम्बूले बताए।

अफरको महत्वलाई झल्काउँदै इन्फी स्टोरका प्रवक्ताले भने, आजका युवाहरु मोबाइलको स्क्रिन र डब्बल ट्यापकै संसारमा अझिएका छन्। कहिल्यै नसकिने इन्टएनेट सर्फिङका कारण उनीहरुको मानसिक तथा शरीरिक स्वास्थ्यमा असर पुर्याउँदै गएको छ। त्यसैले यस्तो अभियान ल्याइएको हो।

footwear zone

सङ्गीत खेल र शारीरिक अभ्यासको अफरको माध्ययमबाट इन्फीले युवाहरुलाई स्फुर्त र शरीरिक तथा मानसिक स्वास्थ्यलाई स्वास्थ्य राख्न प्रोत्साहन दिएको बताइएको छ।

१४ दिन सम्म चल्ने यो अफरमा इन्फीले देशका हरेक ठाउँमा सामान डेलिभरी गर्ने इन्फीको दावी छ। यो अभियानमा ५० प्रतिशत सम्म छुट दिइएको लिम्बूले बताए।

यो अफरमा सामान खरिद गर्ने ग्राहकहरुको परोपकारी कार्यमा समेत योगदान हुनेछ। हरेक समानमा खरिदबाट आएको १० प्रतिशत नाफा ‘फिट हङ्ग्री नेपाल’ लाई प्रदान गर्ने लिम्बूले बताए। इन्फीको आधिकारिक वेबसाईटमा गएर आफुले रोजेको सामानको अनलाइन अर्डर गर्न सकिन्छ। इन्फीमा अरु अनलाइन स्टोर भन्दा कम मुल्यमा सामान पाइने र छिटो डेलिभरी समेत गरिने लिम्बूको दावी छ।

You might also like

Comments are closed.