दोलखाका दुई स्थानीय तहमा आरोग्य सेवा केन्द्र स्थापना

चरीकोट । दोलखा जिल्लाको दुई स्थानीय तह तामाकोशी गाउँपालिका र विगु गाउँपालिकामा आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । उत्तरी क्षेत्रको व्यापारिक केन्द्र विगु–४ सिङगटी बजार र तामाकोशी–३ जफेमा त्यस क्षेत्र आसपासका नागरिकलाई ध्यानमा राखी सेवा केन्द्र स्थापना गरिएको हो ।

गाउँपालिकाले शुरुदेखि नै नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए । आयुर्वेद उपचार पद्दतिमा पनि नागरिकको रुचि बढ्दै गएका कारण आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको उनको भनाइ थियो ।

विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठर खड्काले नेपाल सरकारको निरोगी नेपाल निर्माण अभियानलाई सार्थक बनाउनका लागि स्वस्थ जीवनशैलीको निर्माण गरी समुदायमा भएको विभिन्न खाले सर्ने तथा नसर्ने रोगको जोखिमलाई न्यूनीकरण गर्न आयुर्वेद तथा योगको माध्यमबाट सेवा प्रदान गर्ने उद्देश्यले सेवा आरोग्य सेवा केन्द्र स्थापना गरिएकोे बताए ।

footwear zone

सदरमुकाममा मात्रै केन्द्रित रहेको आयुर्वेद सेवा सञ्चालनमा आएको दुवै स्थानीय तहमा एक जना कविराजको दरबन्दी र अन्य सहयोगी रहने गरी व्यवस्थापन गरिएको छ । गाउँघरमै आयुर्वेद स्वास्थ्य सेवा पाउने भएकाले नागरिक खुशी भएका छन् । पछिल्लो समय आयुर्वेद उपचार सेवामा नागरिकको आकर्षण बढ्दै गएको र सञ्चालनमा आएका ती सेवा केन्द्रमार्फत आयुर्वेदसम्बन्धी स्वास्थ्य सेवा, औषधि, तथा योग सेवा प्रदान गर्न सकिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाका डा विमल श्रेष्ठले बताए ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोटले स्थानीय तहसँगको समन्वयमा ती क्षेत्रमा सेवा केन्द्र राखेको र चाँडै शैलुङ गाउँपालिकाको बागखोर बजारमा समेत सञ्चालन गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।

You might also like

Comments are closed.