ठूला नदीमा जल यातायात अघि बढाउने तयारी

 

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले नेपालका ठूला नदीमा जल यातायात अघि बढाउन नेपाल सरकारले तयारी अघि बढाएको बताएका छन् । भारतले दोस्रो संस्करणका रुपमा आयोजना गरेको ‘मारिटाइम इण्डिया समिट २०२१’ को मन्त्रीस्तरीय भर्चुअल कार्यक्रममा उनले कर्णाली, नारायणी, कालीगण्डकी, कोशीलगायतका नदीमा पानीजहाज सञ्चालन गरेर भारतसँग जलमार्गमार्फत व्यापार स्थापित गर्न अध्ययन भइरहेको बताए ।

मन्त्री नेम्वाङले जल यातायातसम्बन्धी विभिन्न सन्धि, सम्झौता तथा सम्मेलनमा प्रतिबद्धता जनाएअनुसार व्यवहारमा कार्यान्वयन गर्नतर्फ अग्रसर भएको औँल्याए । उहाँले जल यातायात सञ्चालनका लागि नेपालले लामो समयदेखि प्रयास गरेको बताए । पानीजहाजसम्बन्धी ऐन सन् १९७१ पारित गरेको उनले जानकारी दिए । उनले भने, “लामो समयपछि जल यातायातलाई अहिलेको सरकारले उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ ।”

footwear zone

मन्त्री नेम्वाङले कुनै पनि देश विकसित र समृद्ध हुन यातायात र पारवहन सुविधा आधारभूत पूर्वाधारको रुपमा रहने बताए । नेपालले यातायातको सबै क्षेत्र हवाईजहाज, रेल, सडक यातायात तथा पारवाहन सुविधालाई उच्च प्राथमिकताका साथ अगाडि बढाइएको उनको भनाइ छ । उनले भने, “नेपाल भूपरिवेष्ठितबाट भूजडित देशको रुपमा विकसित भइरहेको छ ।” तीन दिनसम्म चल्ने सम्मेलनको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए ।

You might also like

Comments are closed.