नारी दिवसको अवसरमा ग्यापुको ह्यासट्याग अभियान र विषेश छुट

काठमाण्डौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ग्यापु मार्केटप्लेसले नेपाली महिलाहरूको गौरवशाली कार्य र सौन्दर्य पहिचान गर्न विषेश अफर ल्याएको छ । यस अवसरमा ग्यापुले महिलाहरुलाई विभिन्न सामानहरुमा छुट प्रदान गर्दै छ। यसका लागि #womensdaywithgyapu मा भाग लिएर आर्कषक उपहार तथा छुट पाउन सकिन्छ।

अफरमा भाग लिनेले लागि पहिले ग्यापु मार्केटप्लेसको फेसबुक पेजलाई समुदायलाई योग्दान दिएका महिला भन्ने वित्तिकै तपाईँको दिमागमा कस्को नाम आउँछ ? जो महिलाको नाम दिमागमा आउँछ, उसको नाम राखेर #womensdaywithgyapu लेख्नुपर्दछ।

महिलाहरुको योग्दानलाई कदर गर्दै ग्यापुले नारी दिवस विशेष योजना बनाएको ग्यापुका संस्थापक एवं सिइओ ज्ञानेन्द्र खड्काले बताए।

footwear zone

ग्राहकहरुले उल्लेख गरेका महिलाहरुले सप्राइज उपहारहरु पाउनेछन्। अफरका सहभागीले ग्यापुको फेसबुक र इन्स्टाग्राम पेजमा गएर फलो गर्नुपर्ने र ग्यापु मार्केटप्लेसको एपलाई मोबाइलमा डाउनलोड गर्नुपर्ने बताइएको छ।

नारी दिवसका दिन महिलाहरुले प्रयोग गर्ने सामानहरुमा ५० प्रतिशत छुट प्रदान गरिनेछ। त्यस्तै ब्युटि तथा कस्मेटिक समान र मिनिसोका सामानहरुमा भारी छुट दिइने बताइएको छ।

यस बाहेक पनि ग्यापुबाट सपिङ गर्दा ‘स्ट्रङगर वोमन’ को कुपन कोड प्रयोग गरेर रु २०० सम्मको छुटको व्यवस्था गरिएको छ।

You might also like

Comments are closed.