आणविक निकासका लागि जर्मनीले उर्जा कम्पनीलाई २.४ अर्ब यूरो क्षतिपूर्ति दिने

 

बर्लिन । जर्मनीले ऊर्जा कम्पनीहरूलाई २.४ अर्ब युरो बराबरको क्षतिपूर्ति दिने घोषणा शुक्रबार गरेको छ । जर्मनीले सन् २०२२ सम्म आफ्ना उर्जा कम्पनीहरूमा आणविक उर्जाको प्रयोगलाई अन्त्य गर्ने कार्यक्रमबीच उक्त घोषणा गरेको हो ।

“यस प्रयोजनका लागि सरकारले उर्जा कम्पनीहरूमा आणविक प्रयोगलाई निरूत्साहन गर्न इएनबीडब्ल्यू र ईओओएन ÷ प्रेउसेन इलेक्ट्रा, आरडब्ल्यूई र भट्टेनफालसँग सम्झौता गरेको छ,” जर्मनीको वातावरण, वित्त र अर्थव्यवस्था मन्त्रालयहरूले संयुक्त विज्ञप्ति जारी गरी जानकारी गराएका छन् ।

footwear zone

उर्जा उत्पादनमा प्रयोग भएको आणविक कार्यक्रमका कारण विश्वव्यापी जलवायु परिवर्तनमा प्रभाव पर्ने भन्दै नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघले दिएको सहस्राब्दी लक्ष्य पूरा गर्न जर्मनीले अग्रसरता देखाउँदै यो कार्यक्रमको घोषणा गरेको हो ।

You might also like

Comments are closed.