नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघमा पाठक, सम्पूर्ण कार्यसमिति सर्वसम्मत

काठमाडौं । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको अध्यक्षमा रामहिरा पाठक निर्वाचित भएका छन् । शनिबार सम्पन्न १६औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष पाठकले भक्तपुर औद्योगिक क्षेत्रबाट प्रतिनिधित्व गर्छन् ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा एजाज आलम (बुटवल औद्योगिक क्षेत्र), प्रथम उपाध्यक्ष बाबुराम पन्त (पोखरा औद्योगिक क्षेत्र), द्वितीय उपाध्यक्षमा राजेश्वर जोशी (पाटन औद्योगिक क्षेत्र), महासचिवमा सुदिप घिमिरे (हेटौंडा औद्योगिक क्षेत्र), कोषाध्यक्ष कान्छा थापा (बालाजु औद्योगिक क्षेत्र), सचिवमा सुरेश शुक्ला (भक्तपुर औद्योगिक क्षेत्र) निर्वाचित भएका छन् ।

अध्यक्ष र सदस्यको निर्वाचन गर्ने विधानको व्यवस्था अनुसार निर्वाचित कार्यसमितिको पहिलो बैठकबाट पदाधिकारी चयन गरिएको हो । सबै औद्योगिक क्षेत्रका अध्यक्षहरु पदेन सदस्य हुने व्यवस्था छ । त्यसैगरी पोखरा औद्योगिक क्षेत्रबाट चन्द्रबहादुर राजभण्डारी कार्यसमिति सदस्यमा मनोनित भएका छन् ।

footwear zone

सबैलाई समेटेर नेपालको औद्योगिक विकासका क्षेत्रमा काम गर्ने नवनिर्वाचित अध्यक्ष पाठकले प्रतिबद्धता व्यक्त गरेको छन् । सर्वसम्मत नयाँ कार्यसमिति चयनको वातावरण सिर्जना गर्ने सम्पूर्ण औद्योगिक क्षेत्रका अध्यक्ष तथा उद्योगी व्यवसायीप्रति पाठकले आभार तथा कृतज्ञता ज्ञापन गरेका छन् ।

You might also like

Comments are closed.