बढ्यो सुनको मूल्य, कारोवार मूल्य कति ?

 

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन तोलमा ५ सय रुपैयाँले वृद्धि भएको छ ।

आइतबार छापावाला सुनप्रतितोला ८६ हजार १ सय रुपैयाँमा कारोवार भईरहेको छ ।  तेजाबी सुन पनि तोलामा ५ सय रुपैयाँले नै उकालो लागेको छ । आजका लागि प्रतितोला ८५ हजार ६५० रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

footwear zone

चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी प्रतितोला एक हजार २५० मा कारोवार भईरहेको छ ।

You might also like

Comments are closed.