बागलुङ । सीप विकास तथा उद्यमशीलता प्रवद्र्धन सम्वन्धी अन्तरक्रिया तथा क्रिस्टलका गहना बनाउने तालिम सम्पन्न भएको छ । व्यावसायिक तथा सीप विकास तालिम केन्द पर्वतको विशेष सहयोगमा भएको कार्यक्रममा काठेखोला गाउँपालिका वडा न १ को सहयोग थियो । कार्यक्रमको आयोजना जनसेवा सामुदायिक सिकाई केन्द्र पाला, बागलुङले गरेको हो ।
फागुन ६ देखि २३ गतेसम्म तालिम संचालन भएको थियो । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको पुर्वसन्ध्यामा कार्यक्रम भएको हो । तालिमको सहजीकरण महिला उद्यमी कमला सुवेदीले गरेकी थिइन् । तालिममा क्रिष्टलबाट बन्ने विभिन्न गहना बनाउन सिकाइएको थियो ।
कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका वाड नं १ का वडा अध्यक्ष खड्क थापा मगरले महिलालाई उद्यमशील बनाउन कार्यक्रम गरिएको बताए । व्यावसायिक तथा सीप विकास तालिम केन्द्रका पर्वतका प्रमुख डम्वर जि.सीले महिललाई अगाडि बढाउन तथा व्यवसायी बनाउन तालिमको आयोजना गरिएको बताए ।

सुन लगाउँदा असुरक्षित हुने र महंगो पर्ने हुँदा क्रिष्टलका गहनाको माग बढिरहेको प्रशिक्षक तथा महिला उद्यमी कमला सुवेदीले बताइन् । यस्ता तालिमले महिलालाई उद्यमी तथा आत्मनिर्भर बनाउने उनको विश्वास छ । अहिलेसम्म २५ हजार भन्दा धेरै महिलाालाई तालिम दिएर हौसला प्रदान गरिसकेकी छन् । आफूले सिकेका सीपलाई व्यवहारमा उतार्ने सहभागीले बताए ।





Comments are closed.