नारी दिवसमा पठाओद्वारा उत्कृष्ट २५ महिला राइडरलाई सम्मान

काठमाडौ।  अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओले उत्कृष्ट २५ जना महिला राइडरहरुलाई सम्मान गरेको छ।

पठाओ नेपालकी मार्केटिङ प्रमुख सुरक्षा हमालले महिला राइडरहरुलाई मायाको चिनो र ज्याकेट प्रदान गरि सम्मान गरिएको बताइएको छ। कार्यक्रममा महिला राइडरहरुले अनुभव आदनप्रदान समेत गरेका थिए।

महिला सशक्तीकरणको महत्त्वपूर्ण माध्यम रोजगारी भएकोले पठाओमा आवद्ध भएर महिला दिदिबहिनी सक्रिय भएको देख्दा खुसी लागेको हमालले बताइन्।

footwear zone

पठाओ नेपालमा हाल करिब एक हजार छ सय जना महिला राइडर आवद्ध छन्। जसमध्ये करिब तीन सय दैनिक सक्रिय रहेको र उनीहरुको औसत कमाई मासिक करिब तीस हजार रहेको हमालले बताइन्।

You might also like

Comments are closed.