ट्राफिक व्यवस्थापनका लागि स्वयंसेवक परिचालन

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन चुस्त, बनाउन पुनः स्वयंसेवक परिचालन गरेको छ । महाशाखा र राष्ट्रिय युवा परिषद्को समन्वयमा विभिन्न क्याम्पसका २०० विद्यार्थीलाई विभिन्न चोक, आकाशे पुल र जेब्राक्रसिङमा परिचालन गरेको हो ।

महाशाखाले स्वयंसेवकलाई १० दिनसम्म उपत्यकाका विभिन्न सवारी चाप हुने स्थानमा परिचालन गर्ने जनाएको छ । काठमाडौँ उपत्यकाको सवारी चाप हुने तथा बढी पैदलयात्रु भीडभाड हुने स्थानमा सहज र सुरक्षित आवागमन गर्ने लक्ष्यसहित ट्राफिक स्वयंसेवक परिचालन गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

स्वयंसेवकले आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुहरुलाई सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नाका साथै जथाभावी बाटो नकाट्न र नियमको पालना गर्न सन्देश प्रवाह गर्ने प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले जानकारी दिए ।

footwear zone

जेब्राक्रसिङ तथा जथाभावी बाटो काट्दा भएका दुर्घटनामा परी मानिसको ज्यान गएको विगतको घटना स्मरण गर्दै उहाँले पैदलयात्रीको बढी भीडभाड हुने त्यस्ता क्षेत्रमा स्वयंसेवक परिचालन गरी सहजता ल्याउने जानकारी दिए ।

उपत्यकामा वर्षेनि सुरक्षित सडक प्रयोग नगर्दा धेरै पैदल यात्रु दुर्घटना परी अनाहकमा ज्यान गुमाउनु परेको छ । सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरी लापरवाही तरिकाले सडक पार गर्ने र जथाभावी हिँड्डुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने र सडक व्यवस्थापनमा समेत असर गर्ने हुनाले त्यसलाई रोक्न ट्राफिक स्वयंसेवक परिचालन प्रभावकारी उपाय रहेको महाशाखाले जनाएको छ । स्वयंमसेवक परिचालनबाट काठमाडौँको ट्राफिक व्यवस्थापनमा थोरै भए पनि राहत मिल्ने र पैदल यात्रुलाई सहजता हुने विश्वास गरिएको छ ।

यसअघि महाशाखाले नेपाल स्काउट, सामुदायिक सेवा केन्द्रका युवा विद्याथीरुलाई प्रशिक्षण दिई विभिन्न चरणमा ट्राफिक स्वयमंसेवक परिचालन गरेको थियो ।

You might also like

Comments are closed.