कृषिमा बाह्य लगानी फिर्ताको माग गर्दै ज्ञापनपत्र

काठमाडौँ । कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै ‘कृषिमा वैदेशिक लगानी खुला विरुद्ध सङ्घर्ष समिति’ले उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवसमक्ष ज्ञापनपत्र पेश गरेको छ ।

नेपाल अण्डा उत्पादक सङ्घ, राष्ट्रिय कृषक समूह महासङ्घ, नेपाल डेरी एशोसिएशन, केन्द्रीय पशुपक्षीपालन सहकारी सङ्घ लिमिटेड, डेरी उद्योग सङ्घ, कृषि बीउ तथा तरकारी समूह नेपाल, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ, मौरीपालक महासङ्घ, नेपाल कुखुरापालक सङ्घ, चितवन केरा उत्पादक सङ्घ र राष्ट्रिय कृषक समूह महासङ्घका पदाधिकारी सम्मिलित समितिका प्रतिनिधिले बुधबार सभापति श्रीवास्तवसमक्ष ज्ञापनपत्र प्रस्तुत गर्दै सरकारी निर्णय फिर्ताका निम्ति प्रयास गरिदिन आग्रह गरेको हो ।

नेपालको कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्दा खाद्य सुरक्षा कमजोर हुने, नेपाली बजारमा विदेशी लगानीकर्ताको एकाधिकार सिर्जना हुने, बजारमा बाह्य नियन्त्रण बढ्नेलगायत गुनासो समितिले गरेको छ ।

footwear zone

संवेदनशील क्षेत्र कृषिमा विदेशी लगानी ल्याउँदा नेपालको सामाजिक, आर्थिक, राजनीतिक, सुरक्षालगायत अन्य क्षेत्रमा प्रतिकूल असर पर्ने तर्क गर्दै उनीहरूले सार्वभौम संसद्लाई आवश्यक नीति बनाउन र कृषिमा वैदेशिक लगानी हुन नदिने प्रावधानको व्यवस्था गर्न अनुरोध गरेको छ ।

You might also like

Comments are closed.