काठमाडौं । सफ्ट्वरिका कलेज अफ आइ टि एण्ड इकमर्सद्वारा आयोजित दोस्रो आइ.ओ.टि. प्रदर्शनी सुरु भएको छ । शुक्रबार सुरु प्रदर्शनी ४ दिनसम्म चल्ने कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए । डिल्लीबजारमा सुरु भएको प्रदर्शनीमा अटोनोमस भेइकल, स्मार्ट ह्विलचियर, स्मार्ट डेलिभरी स्कुटर, स्मार्ट बगैंचा, सर्च एण्ड रेस्क्यु ड्रोन, स्मार्ट फोहत ब्यवस्थापन, रोबटिक हात लगायत ३० वटा प्रोजेक्टको नमुना प्रदर्शनमा राखिएको छ ।
स्मार्ट सवारी नेपालमा कलेज स्तरमा पहिलो पटक निर्माण गरिएको र प्रदर्शनीमा राखिएको कलेजका निर्देशक अमृत थापाले बताए । प्रदर्शनीमा राखिएका स्मार्ट सोलुसनका मोड्युल सफ्ट्वरिका कलेजमा कम्प्यूटिङ र साइबर सेक्युरिटी विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले तयार गरेको कलेज प्रमुख प्रमोद पौडेलले जानकारी दिए ।
विद्यार्थीलाई प्रयोगात्मक पढाइमा जोड दिइ दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधरणलाई कम्प्यूटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए । निःशुल्क प्रवेश रहेको प्रदर्शनी राज्यका नीति निर्माता, निजी क्षेत्र, विद्यार्थी, अभिभावक र आइ.टि. क्षेत्रका जिज्ञाशुका लागि उपयोगी हुने श्रेष्ठको भनाइ छ ।

प्रविधिको सदुयोग गर्न सके कसरी हाम्रो जीवनयापन सहज हुन्छ भन्ने प्रदर्शनीले स्पष्ट पार्ने प्रदर्शनीका संयोजक एवम् सफ्ट्वरीका कलेजका स्ट्याटेजिक हेड मनोज श्रेष्ठ बताउँछन् ।
बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको सफ्ट्वेरिका कलेजले बिआइटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेसन हब समेत तयार गरेको छ । हालको प्रदर्शनी सोही इनोभेसन हवमै विद्यार्थीहरुले तयार गरेको बताइएको छ ।
कलेजको पढाईसँगसँगै विद्यार्थीले अनुसन्धानमा समेत जोड दिन सकुन भनेर इनोभेसन हबको परिकल्पना गरिएको बताइएको छ । आर्थिक अभावको कारण अनुसन्धानमा असर नपरोस् भनेर कलेजले व्यावसायिक सम्भावना भएका उत्कृष्ट परियोजनालाई पाँच लाख रुपैयाँसम्म अनुदान दिने व्यवस्था गरिएको छ । ५ हजार जनाले प्रदर्शनीको अवलोकन गर्ने आयोजकको विश्वास छ ।




Comments are closed.