बीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र देशको आर्थिक विकासका लागि ‘रियल एक्टर’ रहेको बताएका छन् ।
मुलुकको विकास र आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका उल्लेखनीय रहेको उनले बताए । उनले भने निजी क्षेत्रले रोजगारी सृजना गर्नुका साथै मुलुकलाई राजस्वमा योगदान पुराउने र पूर्वाधार निर्माण र यसको विकासमा पनि मुख्य भुमिका खेलेको छ, त्यसैले निजी क्षेत्र भनेको देश विकासको एक रियल एक्टर नै हो ।
वरिष्ठ उपाध्यक्ष ढकालले विरगन्ज उद्योग वाणिज्य संघको ४५ औँ वार्षिक साधारण सभालाई शुक्रबार प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै कोभिडका कारणले दुई प्रतिशतको नेगेटिभ ग्रोथ भइरहेको अवस्था रहेको पनि स्पष्ट गरे । यहाँका जति पनि समस्या र मुद्दाहरु छन् तिनलाई नियममनकारी निकायमा लग्नका लागि विरगन्ज उद्योग वाणिज्य संघले पहल गर्ने र महासंघले सम्बन्धित निकायमा लैजाने प्रतिबद्धता उनले व्यक्त गरे ।

नेपालमा कर तिर्ने देशहरुको हिसाब गर्ने हो भने १९० देशहरुको हिसाब गर्दा हामी १७५ स्थानमा रहेको पनि उनले जानकारी गराए । त्यस्तै लजिस्टिकको हिसाबले ११४ वटा देशलाई तुलना गर्दा खेरी हामी १०८ औँ नम्बरमा परेको अवस्था रहेको उनले बताए । देशमा व्यवसायिक क्रियाकलापहरु बढाउने वातावरणका लागि नेपाल पछाडि रहेको तथ्यांक प्रस्तुत गर्दै उनले आफू नेपालको निजी क्षेत्रको एक प्रतिनिधित्वका हिसाबले त्यसमा सुधारका लागि सरकारले पहल गर्नुपर्ने धारणा राखे ।
नेपाल उद्योग वाण्ज्यि महासंघको सदस्यको रुपमा विरगन्ज उद्योग वाणिज्य संघले सक्रियरुपमा काम गरेको बताए । आगामी दिनमा विरगन्ज उद्योग वाणिज्य संघसँग सहकार्य गरेर व्यवसायिक गतिविधिलाई अझै सक्रिय रुपमा अगाडी बढाउने उनले बताए । त्यसैगरी व्यवसायिक गतिविधिलाई बढाउनको लागि कर तिर्ने वातावरणको हिसाबले १९० देशहरुका तुलनामा नेपाल १७५औं नम्बरमा रहेको पनि उनले जानकारी दिए ।
वरिष्ठ उपाध्यक्ष ढकालले भने, लजिस्टिककको हिसाबले हेर्दा ११४ देशहरुलाई तुलना गर्दा नेपाल १०८औं नम्बरमा परेको थियो भने सडक संजालमा १०१ औं स्थानमा रहेको छ । साथै गुणस्तरको हिसाबले १२० औं नम्बरमा परेको अवस्था स्पष्ट पारे । यस तथ्याकंले व्यवसायिक गतिविधिलाई बढाउनको लागि धेरै पछाडी रहेको उनको तर्क थियो । उनले देशमा लगानीको वातावरण निर्माण गर्न र निजी क्षेत्रमैत्री नीतिको अख्तियार गर्न देशका तीन तहका सरकारले सहज र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
तीन तहको सरकारको मेकानिजम दशेमा व्यावसायिक प्रमोट गर्ने हिसाबको हुनुपर्ने उनको सुझाव थियो । उनले भने नेपालमा एउटा सानो आइपियो खुल्दा पनि कति गुणा बढी आवेदन पर्छ यसबाट हामीसँग कति धेरै पैसा छ भन्ने स्पष्ट हुन्छ । यो अवस्था भनेको नागरिक लगानीका लागि आतुर भएको अवस्था हो भन्ने बुझेर देशले स्वदेशी र विदेशी लगानीका लागि इन्करेज हुने खालको नीति, नियम तथा वातावरण बनाओस् उनले भने ।




Comments are closed.