हिमाली भेगका अग्र्यानिक उत्पादन बिक्री गर्न ‘हिमालयन कर्नर अग्र्यानिक मार्ट’

काठमाडौं । स्वदेशी उत्पादन प्रवद्र्धन तथा हिमाली भेगका अग्र्यानिक उत्पादन बिक्री वितरण गर्ने उद्देश्यले शान्तिनगरस्थित नोगेन्द्र कान्छा चोकमा ‘हिमालयन कर्नर अग्र्यानिक मार्ट’ सञ्चालनमा आएको छ ।

हिमालयन कर्नर अग्र्यानिक मार्ट र अर्डर नाओसँगको संयुक्त सहकार्यमा उक्त पसलको स्थापना गरिएको मार्टको शनिबार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । स्वदेशी अग्र्यानिक खाद्य वस्तुको उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरण गर्ने मुख्य उद्देश्यले मार्ट खोलिएको हिमालयन कर्नर अग्र्यानिक मार्टका अध्यक्ष दीपकबहादुर बुढाले बताए ।

नेपालमै उद्यम गरिरहेका उद्यमी तथा कृषकलाई प्रोत्साहन गर्न उत्पादित विविध सामग्रीलाई बजारीकरण गरी अग्र्यानिक खाद्य वस्तुलगायत स्थानीयस्तरमा उत्पादन हुने उपभोग्य सामग्रीको बिक्री वितरणका लागि अर्डर नाओ तथा मार्टको सहकार्यमा भौतिक बिक्री केन्द्र स्थापना गरिएको हो ।

footwear zone

ब्यालेन्स ग्रुप अफ कम्पनीको पहलमा अर्डर अनलाइन मार्केटद्वारा सञ्चालित इ–कमर्श प्लेटफर्म, अर्डर नाओले बजारीकरण गरेको छ । सो पसलले नेपालमा बनेका (मेड इन नेपाल सामान) खरिद बिक्री गर्दै आएको छ । सोही अवधारणालाई आत्मसाथ गर्दै विगत तीन वर्षदेखि हिमाली भेगका अग्र्यानिक उत्पादन बिक्री वितरण गर्दै आएको जनाइएको छ ।

देशका गाउँ, दूरदराजमा उत्पादन हुने सम्पूर्ण जिन्सी सामानदेखि खानाका वस्तुको सस्तो, सुलभ, गुणस्तरीय र मुख्यतः सजिलो किनबेचका लागि नयाँ प्लेटफर्म तयार गरिएको उनले बताए । ‘हामी नेपालीको बानी विस्तारै परिवर्तन भइरहेको अवस्थामा इन्टरनेटबाट मात्रै नभएर भौतिक स्टोरबाट पनि यो मर्मलाई उजागर गर्ने यात्रामा होमिएका छौँ,’ उनले भने ।

उत्पादकले सुरक्षित बजार पाउने, उपभोक्तामाझ गुणस्तरीय सामान निःशुल्क एक फोनका भरमा डेलिभरी हुने हुनाले मार्टले नेपाली बजारमा राम्रो स्थान जमाउने अर्डन नाओका अध्यक्ष एवं वरिष्ठ पर्यटन व्यवसायी राजन सिंखडाले बताए । मार्टबाट स्वदेशी उत्पादनले बजार पाउनुका साथै रोजगारीको अवसर पनि सिर्जना हुने उनले बताए ।

ब्यालेन्स ग्रुपले नेपालमै केही गर्न चाहने युवा तथा विदेशबाट नेपाल फर्केका युवा उद्यमीलाई उद्यम गर्ने वातावरण सहजीकरण गरिरहेको छ । अर्डर नाओका कार्यकारी प्रमुख मनोज पन्थीले ‘आफ्नै लाऔँ, आफ्नै खाऊँ, आफ्नो देश आफैँ बनाउ’ भन्ने मुख्य उद्देश्यका साथ स्वदेशी उद्यमीको उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरणमा सहजीकरण गर्ने पहिलो स्टोरका रुपमा मार्ट शुरुआत गरिएको बताए ।

गाउँको अग्र्यानिक उत्पादन, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने खाद्य सामगी स्थानीय तथा घरेलु खाद्य उत्पादन, नेपाली लत्ताकपडा, हस्तकला, साना तथा घरेलु उद्योगको उत्पादन, महिला उद्यमीको उत्पादनलगायत विविधि किसिमका अन्य सामग्री उपभोक्ताले खरिद गर्नसकिने उनले उल्लेख गरे ।

त्यसैगरी मार्टले हुम्ला फुड इण्डष्ट्रिजको सहकार्यमा नेपालका दूरदराजमा उत्पादन हुने अग्र्यानिक उत्पादन संकलन, प्रशोधन, प्याकेजिङ गरी नेपाली अग्र्यानिक खाद्य सामगी ‘मार्सी बुडाकोः कर्णालीको कोशील ब्राण्ड’ मा बजारीकरण तथा उत्पादन वृद्धिमा निरन्तर कार्यरत रहेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

You might also like

Comments are closed.