मोरुङ । के.एल दुगड ग्रुप अन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि. सम्मानित भएको छ । उद्योग संगठन मोरङले प्रा.लि.लाई सम्मान गरेको हो ।
आर्थिक एवं औद्योगिक विकास, राजश्व र रोजगारीको क्षेत्रमा योगदान पु¥याउँदै निर्यातमूलक बस्तु उत्पादन गरी आर्थिक वर्ष २०७५÷७६ तथा २०७६÷७७ मा सुनसरी, मोरङ औद्योगिक करिडोरका निर्यात मुलक उद्योगहरु मध्ये सबै भन्दा बढि निर्यात गर्ने उत्कृष्ट उद्योगको सम्मान प्रा.लि.ले प्राप्त गरेको छ ।
उद्योग संगठन मोरङको ४८औं वार्षिक साधारण सभाको समुदघाटनको अवसरमा शनिबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वस्तिक आयल ई.प्रा.लि.का संचालक विकास दुगडलाई सम्मान गरेका हुन् ।

स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.ले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सनफ्लावार तेल लगायतका लोकप्रिय तेलहरु उत्पादन गरी बिक्री वितरण गर्दै आइरहेको छ ।




Comments are closed.