लेखनाथ । निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुलाई दुःखमा साथ दिने गरेको छ । संस्थाले आफ्ना सदस्यहरुको हकहितका सवालमा सहयोग पुग्ने गरि राहतकोष नै स्थापना गरेको छ । यही कोषको ब्याजबाट संस्थाले व्यवसायीलाई दुःखमा साथ दिदै आइरहेको छ ।
यसै क्रममा पोखरा –२७ का स्व. शेख बहादुर जिसीको परिवारलाई संघले सहयोग गरेको छ । संघले व्यवसायी सदस्यको हितका लागि समय समयमा पर्ने अकल्पनीय घटनालाई ध्यानमा राख्दै कोष स्थापना गरेको हो । व्यवसायी सदस्यको मृृत्यु भएकामा पचाँस हजार रुपैयाँ र व्यवसायी सदस्यका नजिकका आफन्तको मृत्यु हुँदा राहत स्वरुप ५ हजार प्रदान रुपैयाँ सहयोग गर्दै आएको छ ।
यसैक्रममा पोखरा –२७ शिसुवाका जिसी टेड्रसका संचालन ५७ वर्षीय शेखबहादुर जिसीको गत चैत २३ गते हृदयघात भई निधन भएको थियो । पीडित परिवारलाई राहत स्वरुप पचाँस हजार प्रदान सहयोग गरिएको संघले जनाएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल, पूर्व अध्यक्ष बाबुराम गिरी र लक्ष्मी प्रसाद त्रिपाठी लगायतको एक प्रतिनिधि टोलीले आइतबार स्वर्गीय जिसीको घरमा नै पुगी छोरी प्रियंका जिसीलाई सहयोग चेक हस्तान्तरण गरिएको छ । पूर्व स्वास्थ्यमन्त्री तथा संघीय सांसद खगराज अधिकारीले चेक हस्तान्तरण गरेका हुन् ।
यसअघि संघले आफ्नै सदस्यहरुको दुःखद घटनामा परि ज्यान गुमाएका तीन जनाको परिवारलाई सहयोग गरिसकेको छ । स्वर्गीय जिसीका श्रीमती कृष्ण कुमारी जिसी, छोरा प्रसान्त जिसी, प्रकाश जिसी र छोरी प्रियका जिसी छन् ।




Comments are closed.