समृद्धि फाइनान्सको चुक्ता पुँजी ४० करोड ३८ लाख, ५०% हकप्रद शेयर जारी गर्ने तयारी

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको चुक्ता पुँजी ४० करोड ३८ लाख रुपैयाँ पुगेको छ । २०७७ असार मसान्तमा १८ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेकोमा फागुन मसान्तसम्म बृद्धि भएको हो । हाल संस्थाले ५० प्रतिशत हकप्रद शेयर जारि गर्ने प्रयोजनका लागि सेवोनको स्वीकृतिको लागि प्रकृयामा रहेको फाइनान्सले जनाएको छ ।

संस्थाको गत असार मसान्तको तुलनामा समिक्षा अवधिमा निक्षेपमा १६३ प्रतिशतको बृद्धि भई ५३ करोड ९१ लाख रुपैयाँ पुगेको छ । संस्थाको कर्जा रकममा २९१ प्रतिशत वृद्धि भई ५४ करोड १८ लाख रुपैयाँ पुगेको छ । निष्कृय कर्जा अनुपात ८६.६४ प्रतिशत रहेकोमा समिक्षा अवधिको अन्त्यमा २१.६३ प्रतिशतमा झरेको छ । जसले गर्दा संस्थाको हालको सकृय कर्जा अनुपात ७८.२७ प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ ।

पोखरा र नारायणगढमा दुई शाखा थप भई संस्थाको शाखा सञ्जाल पाँचवटा पुगेको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ लगायतका सेवाहरु सञ्चालनमा छन् । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

footwear zone

निकट भविष्यमा डेविट कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, इन्टरनेट बैंकिङ लगायतको प्रविधमा आधारित भुक्तानी सेवा पनि संचालनमा ल्याउने फाइनान्सले जनाएको छ ।

You might also like

Comments are closed.