डिजिटल पेमेन्टका लागि इसेवासँग जोडिदै पोउवा संघ र पश्चिमाञ्चल होटल संघ

पोखरा । पोखरा उद्योग वाणिज्य संघ र पश्चिमाञ्चल होटल संघ पोखराले डिजिटल पेमेन्टका लागि इसेवासँग सहकार्य गर्ने भएका छन् । डिजिटल पेमेन्ट सम्बन्धी सम्झौतामा पोखरा उद्योग वाणिज्य संघसँग मंगलबार र पश्चिमाञ्चल होटल संघसँग बुधबार सम्झौता गर्ने कार्यक्रम छ ।

इसेवासँगको सम्झौतापछि पोखरा उद्योग वाणिज्य संघका सदस्यहरुले इसेवाबाटै सदस्यता नवीकरण, क्युआरबाट भुक्तानी लगायतका सेवा प्राप्त गर्नेछन् । संघको कार्यकक्षमा मंगलबार बिहान प्रदेश सांसद विन्दुकुमार थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम हुँदैछ ।

त्यसैगरी पश्चिमाञ्चल होटल संघ पोखरासँगको सम्झौता बुधबार बिहान होटल स्विस इन्टरनेशनलमा हुने कार्यक्रम रहेको इसेवा पोखरा शाखाले जनाएको छ । संघ अन्तर्गतका ३ सय ५० भन्दा बढी होटललाई क्युआर कोडबाट भुक्तानी लगायतका प्रदान गर्न सम्झौता पछि सहज हुनेछ ।

footwear zone

नेपाल राष्ट्रबैंक पोखरा शाखाका निर्देशक ईश्वरीप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम हुनेछ । क्युआर र डिजिटल पार्टरसिप कार्यक्रम अन्तर्गत इसेवाले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.