होटलमा आगलागी हुँदा लाखौँको क्षति

कञ्चनपुर । भीमदत्त नगरपालिका–१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा आगलागी हँुदा रु पाँच लाख बढीको क्षति भएको छ ।

स्थानीय लालबहादुर थापाले सञ्चालन गर्दै आएको होटलमा बालेको अगरबत्तीबाट बुधबार राती आगलागी भएको हो । आगलागीबाट होटलमा राखिएको मदिरा, पेय पदार्थ, टिभी, फ्रिज, फर्निचर, इन्भटरलगायत सामग्री जलेर नष्ट भएको पीडित थापाले बताए ।

राति ९ः३० बजे होटल बन्द गरेर घर हिँडेका थापालाई माथिल्लो तलामा बस्ने व्यक्तिले राति ११ बजे आगलागी भएको खबर गरेका थिए ।

footwear zone

आगलागी भएको खबर पाइएपछि स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाको छ ।

You might also like

Comments are closed.