पोखरा । पोखरामा प्रधान कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधरणका लागि साधारण शेयर (आइपिओ) जारी गर्ने तयारी गरेको छ । वितीय संस्थाले ५ लाख २२ हजार कित्ता आइपिओ जारी गर्ने तयारी गरेको हो ।
संस्थाको चुक्ता पुँजी हाल १० करोड ७८ लाख रुपैयाँ छ भने आइपिओ जारी पछि चुक्ता पुँजी १६ करोड रुपैयाँ पुग्नेछ । वित्तीय संस्थाको शेयर निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ ।
लघुवित्तको प्रधान कार्यालय सिमलचौर पोखरामा शुक्रबार एक कार्यक्रमबीच लघुवित्त र प्रभु क्यापिटलबीच सम्झौता भएको छ । सम्झौतामा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विमला योगी र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दीनेश थकालीले हस्ताक्षर गरेका छन् ।

कास्कीमा प्रधान कार्यालय रहेको जाल्पा लघुवित्त वित्तीय संस्था लि. र दाङमा प्रधान कार्यालय रहेको महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लि. मर्जर भइ गत मंसिरबाट जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को नामबाट एकीकृत कारोबार भएको थियो । संस्थाको कार्यक्षेत्र २० जिल्ला रहेको छ ।





Comments are closed.