बजेटमा कोभिड प्रभावित उद्योग व्यवसायलाई उकास्ने कार्यक्रम ल्याउन ढकालको आग्रह

इटहरी । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले आगामि आर्थिक वर्षको बजेट ल्याउँदा कोभिड–१९ को महामारीबाट प्रभावित उद्योग व्यवसायलाई उकास्ने गरी कार्यक्रमहरु ल्याउनुपर्ने बताएका छन् ।

शनिबार उद्योग वाणिज्य संघ इटहरीको २२औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड १९ को महामारीका कारण मुलुकको अर्थतन्त्रले धेरै ठूलो क्षति ब्यहोर्नुपरेको र गत वर्षको बजेट तथा मौद्रिक नीतिले समेट्न बाँकी क्षेत्रलाई समेट्ने गरी आगामि वर्षको बजेट आउनुपर्ने बताएका छन् ।

“गत वर्षको बजेट तथा मौद्रिक नीतिले केही हदसम्म भएपनि कोभिड प्रभावित उद्योग व्यवसायलाई राहत दिन खोजिएको थियो । तर पनि यसले धेरै क्षेत्रलाई समेट्न सकेको छैन । यस वर्ष बजेट बनाउँदा कोभिड प्रभावित उद्योग व्यवसायलाई उकास्नेखालका थप नीति तथा कार्यक्रमहरु बनाउनु जरुरी छ,” उनले भने ।

footwear zone

प्रादेशिक संरचनामा गइसकेपछि मुलुकमा लगानीको वातावरण बन्दै गएको बताउँदै ढकालले अझै पनि केन्द्र, प्रदेश तथा स्थानीयतहबाट एकै प्रकारका करहरु लिने गरेको हुँदा व्यवसायीहरु दोहोरो करको मारमा परेको बताएका छन् । “नयाँ संविधानको निर्माणसँगै मुलुकमा धेरै हदसम्म शान्ति, स्थिरता र विकासको वातावरण बनेको छ । संघीय संरचनामा स्थानीय तहहरुबीच विकासका लागि हुने प्रतिष्पर्धाले हामीलाई उत्साहित पारेको छ । तर पनि केही पुराना संरचना तथा नीतिका कारण अझैपनि हामीले खोजेजस्तो लगानीको वातावरण बन्न सकेको छैन । यसका लागि महासंघले सरकार तथा सरोकारवाला निकायलाई घच्घचाउने नै छ,” उनले भने । अहिले बजेटको निर्माणको प्रकृया सुरुभएकोले यससम्बन्धी हुने छलफलमा निजीकोतर्फबाट आफ्ना एजेन्डाहरु राख्न उद्योगी व्यवसायीहरुलाई उनले आग्रह समेत गरे ।

वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैंकको व्याज दर एकल अङ्कमा आएको र कोभिड–१९ को प्रकोप पनि विस्तारै कम हुदै गएकोले मुलुकमा लगानीको लागि उपयुक्त वातारण तयार भएको बताएका छन् ।

जिल्ला नगरका साना व्यवसायिहरुका समस्या समाधानमा जिल्ला नगरका नेतृत्वमा रहेका व्यवसायी साथीहरु आफैमा पनि सक्षम रहेको बताउँदै उनले जिल्ला÷नगरका उद्योगी, व्यवसायीहरुका समस्या समाधानका लागि जिल्ला नगरका व्यवसायीहरुसँग होस्टेमा हैँसे गर्न महासंघको नयाँ नेतृत्व सधै तत्पर रहेको बताउनुभयो ।

You might also like

Comments are closed.