नेल्टा गण्डकीको अध्यक्षमा सहदेव पौडेल

पोखरा । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) गण्डकीको पोखरामा शनिवार सम्पन्न दोस्रो भेला तथा अधिवेशनले आगामी चार वर्षका लागि सहदेव पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको खुल्ला उपाध्यक्ष बलराम अधिकारी, महिला उपाध्यक्ष गोमा कुमारी श्रेष्ठ, सचिव पुरुषोत्तम कोइराला, सहसचिव मनोज पन्त, कोषाध्यक्ष शुशील बास्तोला छन् ।

समितिको सदस्यमा इन्द्रहरी खनाल, प्रदिप गौतम, खेम पौडेल, हेम भुर्तेल, लोकराज कोइराला, अर्जुन ढकाल र गणेश जिसी छन् । निर्वाचित अध्यक्ष सहदेव पौडेलले कृषि प्राविधिकलाई समेट्दै समस्या समाधानमा प्राथमिकता दिने बताए ।

footwear zone

निर्वाचन संयोजक एवं कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देल, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, नेल्टाका अध्यक्ष जनकबहादुर रावल, महासचिव सुरेश श्रेष्ठ लगायतले निर्वाचित कार्य समितिका पदाधिकारी एवं सदस्यहरुलाई बधाई ज्ञापन गरेका थिए ।

You might also like

Comments are closed.