नक्कली पैसा छाप्ने मेसिनसहित एक पक्राउ

 

सिन्धुपाल्चोक । इलाका प्रहरी कार्यालय मेलम्चीले नक्कली पैसा छाप्ने मेसिनसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१३ का राजाराम दनुवार रहेको प्रहरीले जनाएको छ । नक्कली पैसा छापी कारोवार गरिरहेको भन्ने प्राप्त सूचनाका आधारमा उनलाई शनिबार मेलम्ची नगरपालिका–१२ स्थित बि आर एस मोबाइल हाउसबाट नक्कली नोट, नक्कली नोट छाप्न प्रयोग गर्ने प्रिन्टरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

footwear zone

पक्राउ परेका दनुवारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको उनले बताए ।

You might also like

Comments are closed.