काठमाडौं । दरबारमार्गस्थित सिल्क फेसनले यसै चैत २८ आफ्नो सातौं वार्षिकोत्सव मनाउने भएको छ । यस अवसरमा सेलिब्रिटीहरुको जमघटमा फेसन शो समेत गर्न लागिएको सञ्चालक तथा डिजाइनर सृजना पोखरेलले बताइन् ।
‘कोरोना महामारीले सबै कुरा अस्तब्यस्त बनाएका बेला आशा, उत्साह जगाउ“न विशेष कार्यक्रमको आयोजना गर्न लागेका हौं,’ पोखरेलले भनिन् । फेसन फर अल नारा दिएर ७ वर्ष अघि सुरु भएको सिल्क फेसन गाउन, वान पिस, लेहेंगा, सारीका लागि चर्चित छ । वार्षिकोत्सवमा विभिन्न छुटका अफर दिने तयारी गरेको छ । नेपालका थुपै्र सेलिब्रिटीहरुलाई सिल्क फेसनले डे«स डिजाइन गर्दै आएको छ ।
सिल्क फेसनले वच्चाका लागि पास्नीमा लगाउने डे«स, पुरुषहरुका लागि पार्टी वेयर, कोट, सुट पनि तयार गर्छ । एक पटक सेवा लिईसकेकाले यहा“को डे«स डिजाइन रुचाउने गरेको फेसन डिजाइनर पोखरेलले बताइन् ।

वार्षिकोत्सवमा बिक्री भएको पैसाको केही प्रतिशत सामाजिक सेवामा लगाउ“ने सञ्चालक पोखरेलले बताएकी छिन् । यस अवसरमा सेलिब्रिटीहरुको जमघटमा फेशन शोका साथै समाजसेवाका बिभिन्न क्षेत्रमा योगदान दिएका महिलाहरुलाई सम्मान गर्न लागिएको सञ्चालक तथा डिजाइनर पोखरेलले बताइन् ।




Comments are closed.