घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भइ आएको राय पठाई सिल भएको फार्मेसी पसल खोलिदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु दुई लाख घुस माग गर्दै गरेको अवस्थामा आयोगको टोलीले सुवेदीलाई केही दिन पहिले पक्राउ गरेको थियो ।

आयोगले आरोपी सुवेदीविरुद्ध बिगो अनुसारको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । यस्तै, आयोगले आजै सशस्त्र प्रहरी बल वेस क्याम्प गैडहवा रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र प्रहरी नायब निरीक्षक राजेश पासीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

footwear zone

सेवाग्राहीको फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै उनीहरूले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको अभियोग लागेको छ । उनीहरूविरुद्ध बिगो अनुसारको कारवाहीको माग गरिएको आयोगले जनाएको छ ।

You might also like

Comments are closed.