आहा ! रारा गोल्ड कपलाई चरक मेमोरियल हस्पिटलको साथ

पोखरा । १९ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगितालाई सफल पार्न पोखराको नागढुंगामा रहेको चरक मेमोरियल हस्पिटलले साथ दिने भएको छ । हस्पिटलले उक्त प्रतियोगितामा सह—उपप्रयोजकको रुपमा सहारा क्लवसंग आइतबार सम्झौता गरेको छ ।

क्लवका अध्यक्ष केशव बहादुर थापा, पुर्व अध्यक्ष विक्रम थकालीले हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेल र म्यानेजर प्रदिप शर्मा बिच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

हस्पिटलले दर्शकहरुलाई हस्पिटलको सेवामा २० प्रतिशत छुट दिने घोषणा समेत गरेको बताईएको छ । क्वाटरफाइनल खेलमा पहिलो १५ जना, सेमिफाइनलको खेलमा पहिलो २० जना र फाइनलमा पहिलो टिकट काट्ने मध्य ३० जनालाई २० प्रतिशत छुट दिने चरक मेमोरीयल हस्पिटलले जनाएको छ ।

footwear zone

पोखरा रंगशालामा यही चैत २१ गते देखि चैत २८ गतेसम्म आहा १ रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ । प्रतियोगितामा विदेशी एक क्यामरुनको अफ्रिकन रुट एसोएसन, डउला, ६ वटा नेपालका ए डिभिजनका क्लव र आयोजक सहारा क्लव सहित ८ टोलीको सहभागिता रहेको छ ।

“आत्मा साँक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौं” भन्ने उद्येश्यका साथ वि.स. २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित यस सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिताबाट बचत रकम सहारा एकेडेमीमा रहेका १४ जिल्लाका २४ जना वालकहरुको भरणपोषणमा खर्च गर्दै आएको क्लवले जनाएको छ ।

You might also like

Comments are closed.