प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच समझदारी

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा देशको दुर्गम स्थानमा निर्माण भएका लघु तथा साना जलविद्युत आयोजनाहरुलाई राष्ट्रिय प्रशारण लाइनमा जडानसम्बन्धी गुरुयोजना तयार गर्न तथा जुम्ला जिल्लामा निर्माण भएका सात लघु तथा साना जलविद्युत् आयोजनालाई मिनीग्रिडमा आबद्ध गर्ने परियोजनालाई कार्यान्वयन गर्न नेपाल विद्युत प्राधिकरण, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र एनइए इञ्जिनियरिङ्ग कम्पनीबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीअनुसार जुम्ला मिनीग्रिड परियोजना कार्यान्वयनको साथै आगामी आर्थिक वर्षमा १०० वटा सम्भाव्य लघु जलविद्युत् आयोजनाहरु पहिचान गरी राष्ट्रिय प्रशारण लाइनमा जडान गर्ने लक्ष्य रहेको छ । समझदारीपत्रमा केन्द्रको तर्फबाट कार्यकारी निर्देशक मधुसुधन अधिकारी तथा नेपाल विद्युत प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हस्ताक्षर गरेका छन् ।

पटकपटक विद्युत् आपूर्तिको समस्या झेल्दै आएको जुम्ला सदरमुकाममा प्राधिकरणद्वारा निर्मित एक साना जलविद्युत् आयोजना तथा केन्द्रको सहयोगमा निर्मित छ आयोजनालाई मिनीग्रिडमा आबद्ध गर्नको लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न एनइए इञ्जिनियरिङ्ग कम्पनी र केन्द्रबीच गत कात्तिक २ गते सम्झौता भएको थियो । मिनीग्रिड निर्माणपश्चात् जुम्ला सदरमुकाममा विद्युत आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।

footwear zone

सो अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लघु जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जडानको लागि प्राधिकरण सदैव उत्साहित रहेको बताउँदै उहाँले सोको लागि आवश्यक प्राविधिक,उपकरण र लागतसम्बन्धी मापदण्ड एनइए इञ्जिनियरिङ्ग कम्पनीले तयार गर्ने बताए । उनले आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा आबद्ध गर्दा व्यावसायिक ढाँचामा स्पष्ट हुनुपर्ने उल्लेख गरे ।

केन्द्रका कार्यकारी निर्देशक अधिकारीले लघु तथा साना जलविद्युत् आयोजनाहरुको दिगो रुपमा सञ्चालन तथा प्राधिकरणको राष्ट्रिय प्रशारण लाइनको वितरण प्रणालीको कार्यक्षमता वृद्धि गर्न समझदारीले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले यसबाट विद्युत आपूर्ति प्रणालीलाई थप विश्वासिलो र भरपर्दो बनाउन समेत योगदान पु¥याउने बताए ।

समझदारीअनुसार जुम्ला जिल्लामा निर्माण हुन लागेको मिनीग्रिड परियोजनाको विस्तृत अध्ययनलाई प्रतिवेदन यथासक्य चाँडो अन्तिम रुप दिई कार्यान्वयनमा लैजाने, लघु जलविद्युत् निर्माण भएको क्षेत्रमा राष्ट्रिय प्रशारण लाइन पुगेपछि विद्युत् गृहसम्म लाइन विस्तारको लागि प्राधिकरणले सहयोग गर्ने, प्रशारण लाइनमा जोड्नेलगायतका प्राविधिक कार्य केन्द्रको तर्फबाट गरिने छ । त्यस्तै गुरुयोजनाअनुसार केन्द्रको सहयोगमा निर्माण भएका कम्तीमा १०० आयोजना पहिचान गरेर राष्ट्रिय प्रशारण लाइनमा जोड्ने कार्यलाई अघि बढाउने लक्ष्य रहेको छ ।

You might also like

Comments are closed.