होटल मकाउमा ‘ग्राण्ड डिस्काउन्ट अफर’

लेखनाथ । पोखरा–३१ बेगनासस्थित नहरचोकमा हालै सञ्चालनमा आएको होटल मकाउ बेगनास लेकले ‘ग्राण्ड डिस्काउन्ट अफर’ सार्वजनिक गरेको छ । होटलमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी रुममा ४५ प्रतिशत छुट प्रदान गर्ने गरी अफर ल्याइएको निर्देशक बबिता गुरुङले जानकारी दिइन् ।

‘होटलको सफ्ट ओपनिङको सन्दर्भ र कोरोना महामारीपछिको अवस्थालाई मध्यनजर गरी यो छुट प्रदान गरेका छौं,’ उनले भनिन्, ‘यो छुट होटलको ग्राण्ड ओपनिङसम्म जारी रहन्छ ।’ यो छुटले होटलमा पर्यटकहरु आकर्षित हुने उनको विश्वास छ ।

होटलमा डिलक्स, सुपरडिलक्स र एक्ज्युकेटिभ स्विट गरी २७ वटा रुम छन् । ग्राउण्डफ्लोर रेष्टुरेन्ट एण्ड बार तथा रुफटपमा ओपन स्काई रेष्टुरेन्ट एण्ड बारको सुविधा रहेको होटलबाट हिमालयको रेन्ज, बेगनास ताल र वरपरको दृश्यावलोकन स्पष्टसँग गर्न सकिने अध्यक्ष किसान गुरुङले जानकारी दिए । प्रत्येक रुममा प्राइभेट बाल्कोनी छ भने प्रत्येक रुमबाट माउन्टेन भ्युसहित, वरपरको दृृश्य साइडसिन गर्न सकिन्छ ।

footwear zone

लिफ्टको सुविधा रहेको होटलमा पर्याप्त पार्किङको सुविधा छ । २४सैं घन्टा सुरक्षा गार्ड (एक्स इण्डियन आर्मी) सहितको पार्किङ सुविधा उपलब्ध रहेको उनले बताए ।

होटलमा खानाका परिकारलाई विशेष प्राथमिकतामा राखिएको उनले जानकारी दिए । नेपाली, इण्डियन, चाइनिज र कन्टिनेन्टल खानाको स्वाद पर्यटकले लिन पाउनेछन् । ‘विशेष गरी आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखेर सेवा प्रदान भइरहेको छ,’ उनले भने । नेपाली टिपिकल खानाका परिकारहरु धेरैको रोजाईमा पर्नेमा आफूहरु विश्वस्त रहेको उनले बताए ।

You might also like

Comments are closed.